MENU

मनोरञ्जन

ujyaalo forign call inside

१२ औँ एनिभर्सरी मनाउँदै शिव परियार

काठमाडौं, फागुन ७ – गायक शिव परियारको आज १२ औं वैवाहिक वर्षगाँठ परेको छ । पिता साधुराम परियार र माता मनकुमारी परियारको कोखबाट सर्लाहीमा जन्मिएका परियार परिवारको एक्लो सन्तान हुन् ।

उनले  १२ वर्षअघि आजकै दिन पिता सिताराम कौशल र माता बालकुमारी कौशलकी छोरी सुनिता कौशलसँग लगनगाँठो कसेका थिए । परिवारको तेस्रो सन्तानको रुपमा जन्मिएकी कौशलसंग परियारले परिवारकै सर–सल्लाहमा मागी बिहे गरेका हुन् । यो जोडी ४ वर्षीया छोरी सुहानाको मातापिता बनिसकेको छ । 

वैवाहिक वर्षगाँठको अवसर पारेर हामीसँग कुराकानी गर्दै सुनिताले यस अघिका वर्षहरुमा एनीभर्सरी  विशेष मनाउने गरिएता पनि यस वर्ष भने शिव कार्यक्रमको शिलशिलामा  पोखरा पुगेका कारण एकसाथ बसेर वैवाहिक वर्षगाँठ मनाउन नपाउने बताइन् ।

यो जोडीले हरेक वर्ष यो दिनमाएकअर्काबिच केही न केही उपहारसाटासाट गरेर विशेष बनाउने गरेको  छ । आधुनिक गायकका रुपमा चर्चित शिव परियार श्रीमती सुनितालाई मिडियाबाट भने टाढै राख्छन् । उनलाई श्रीमतीसँग कुराकानी गर्ने भन्दै मिडियाबाट फोनहरु आईरहेका हुन्छन् तर उनले श्रीमतीलाई मिडियामा ल्याउन खासै चासो देखाएको देखिँदैन । श्रीमतीलाई किन मिडियामा ल्याउनुहुन्न ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘परिवारलाई मिडियामा कसरी प्रस्तुत गराउने भन्ने सबैको आ–आफनो विचार हो । मलाई चाहि यसमा खासै रुचि छैन ।’

उज्यालो र गफगाफ डटकमको सहकार्य

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया