MENU

मनोरञ्जन

ujyaalo forign call inside

आर्यनले पानीमा भिजाउँदा तीन दिन सुतेँ : शिल्पा

काठमाडौं, माघ ७ – सयौँ म्युजिक भिडियोमा काम गरिसकेपछि अभिनेत्री शिल्पा पोखरेलले सिनेमा ‘लज्जा’मार्फत सिनेमामा डेब्यू गर्ने अवसर पाइन् । उनको लागि पहिलो सिनेमा नै लाभदायक बन्यो ।

पहिलो सिनेमाको सफलताले नै उनले छोटो सिने यात्रामा ९ वटा सिनेमामा काम गरिसकेकी छिन् । उनी अहिले अभिनेत्रीका साथै  निर्मात्रीको रुपमा अघि बढेकी  छिन् । उनको पहिलो निर्माण रहेको सिनेमा ‘मंगलम’ यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । आज उनले हामीसँग  डेब्यू सिनेमा लज्जासँग जोडिएका केही अनुभवहरु सेयर गरेकी छिन् ।

‘लज्जा’सँग यसरी जोडिएँ

मलाई सुरुमा सिनेमामा काम गर्छु भन्ने नै लागेको थिएन । मलाई म्युजिक भिडियोमा कुनै पनि कमी थिएन । नत पैसाको न त कामको । त्यस कारण राम्रो सिनेमाको अफर आयो भने मात्रै गर्छु भन्ने थियो । अनि मलाई एक दिन नृत्य निर्देशक शंकर दाइको फोन आयो ।

अनि उहाँले मलाई छविराजको सिनेमामा काम गर्छौ ? भनेर सोध्नुभयो । अनि मैले को छवि ?भनेर सोधेँ । उहाँले मलाई अहिले गालामा पड्काउँछु अनि ! छविराजलाई चिन्दैनौँ ? रेखाको बुढा के, भन्नुभयो ।  यति भनेपछि मैले उहाँलाई चिनेँ र त्यो कुराको राम्रोसँग रेस्पोन्स गरेँ । 

पछि म ममीलाई लिएर अडिसन दिन गएँ । मलाई त भए हुन्छ नभए नि हुन्छ भन्ने भएको थियो । अडिसनमा गइसकेपछि  चाहिँ मलाई सिनेमा भित्रकै एउटा लामो सम्वाद बोल्नलाई दिनुभयो ।  मलाई उहाँहरुले १५ मिनेट समय दिएर त्यो सम्वाद बोल्नुुपर्ने अवस्था पनि सम्झाई दिनुभयो । मैले बोलेँ । 

अनि यत्तिको गरेपछि त भइहाल्यो नि के चाहियो र ! भनेर नवल दाइले भन्नुभयो । अनिमलाई पनि ल ! मैले पनि सम्वाद बोलेर सिनेमामा गर्न सक्नेरैछु भन्ने भयो । मलाई खुशी लाग्यो । त्यो दिनपछि सिनेमामा काम गर्नको लागि खासै गाह्रो रैनछ भन्ने लाग्यो  । मेरो कन्फिडेन्ट लेभल पनि बढ्यो । 

हामीले झण्डै तीन महिना सिनेमाको वर्कशप गर्यौँ । त्यो समयसम्ममा सिनेमाका सबै सम्वादहरु कण्ठ भइसकेका थिए । 

आर्यन आउने बित्तिकै डायलग गायव

सिनेमाकोसुरुवातमा नै मेरो आर्यनसँगको सिन थियो । मैले फेरि उहाँको बारेमा नयाँ कलाकारसँग घुलमिल हुने बानी छैन रे  । अनि घमण्डी हुनुहुन्छ रे, भन्ने सुनेको थिएँ । यसै कारण मलाई पहिलो दिन डर लागेको थियो । गइसकेको  एकछिन पछि आर्यनजीको गाडी आयो ।

म अगाडि नै पुगेको थिएँ सेटमा । अनि आर्यनजीको गाडीको आवाज सुनेर मैले त ढुकढुक भएर पहिला कण्ठ गरेका जति सबै सम्वाद नै बिर्सिएँ । ला! अब गाडीको आवाजले त यस्तो भयो मलाई, झन् मेरै अगाडि आयो भने कस्तो होला भन्ने भयो ।  अनि  मेरो मनमा धेरै कुराहरु खेल्न थाले आर्यनजीलाई लिएर । 

अनि उहाँ पनि सेटमा आएर मेकअप गर्नुभयो । हाम्रोसिन सुरु भयो । मलाई अडिसनमा दिएको सम्वाद नै मैले सिनेमाको छायाकंनको सुरुवातमा बोल्नु पर्ने थियो । आर्यनजीको भन्दा अगाडि फेरि मेरै सम्वाद थियो । सुरुमै मेरो भएपछि मलाई डर लाग्यो ।

अगाडि गएर रिसाउँदै अलिचर्को स्वरमाभन्नुपर्ने थियोत्यो सम्वाद । अनि अगाडि गएर सम्वाद बोल्नु पर्ने  ठाउँमा मत ट्वाँ परेर आर्यनलाई हेरेको हेर्यै भएछु । निर्देशकले एक्सनभन्दा त मैले त हजुर ! ला! मैले त बिर्से भनेर भने । अनि पछि फेरि १५ मिनेट समय पाएँ र त्यो सम्वाद कण्ठ गरेर छायाकंन गरेँ । 

त्यो समयमा मलाई निर्देशक नवल नेपाल दाइले राम्ररी सम्झाउनु भयो । त्यो कुरा अहिले सम्झिँदा पनि निकै हाँसो लाग्छ । के भको होला भनेर । कलाकार भनेको त कलाकार नै हो । शेटमा गइसकेपछि सबै सिनेमाको क्यारेक्टरमा हुनुपर्छ । को ठूलो को सानो  ?

त्यो स्टार आर्यन सिग्देललाई त काम गर्दा खेरि बिर्सिनु पर्छ भनेर नवल दाइले पनि मलाई सम्झाउनु भयो । अनि पछि मेरो त्यो चाहिँ वान टेक ओके भयो । सायद आर्यनजीलाई पनि थाहा छैन होला मलाई यस्तो भको थियो भनेर ।

आर्यन साेंचेको भन्दा फरक

आर्यन को बारेमा मैले सोचेको र सुनेको भन्दा धेरै फरक पाएँ । उहाँ एकदमै सपोर्टिभ को–स्टार हुनुहुँदो रहेछ । नयाँ कलाकार कसरी राम्रो देखिन्छ । कसरी राम्रो गर्न सकिन्छ । सबै कुराहरुमा सुझाव दिनुहुँदो रहेछ । पछि उहाँसँग कामग र्दा निकै सहज भयो मलाई ।

यौनकर्मीको भूमिका निर्वाह गर्न गाह्रो

यो भूमिका निर्वाह गर्न  त गाह्रो हुँदो रहेछ । त्यस बारेमा कहिँ कतै रिसर्च पनि गर्न पाइएन । अरु चरित्र भएको भए केहि दिन जाउँ । उनीहरुको जिन्दगी जिउँ । केही रिसर्च गरौँ भन्ने हुन्थ्यो । तर त्यसमा त कहाँ गएर कसलाई हेर्ने ? अलि गाह्रै भयो ।

फेरि सिनेमामा मेरो चरित्र अलि हाई प्रोफाईल प्रोस्टिच्युटको छ । त्यस कारण हाउ, भाउ र बोली निकाल्न अलि सहज भयो । यो चरित्रको लागि मलाई नवल दाइले एकदमै सपोर्ट गर्नुभएको हो । रत्नपार्क तिर त्यस्तो खालको चरित्र बुझ्न सकिन्छ भनेर मलाई नवल दाइले सम्झाउनुभयो ।

त्यहाँ जाउ, उनीहरु कसरी बोल्दा रहेछन् बुझ भन्नुभएको थियो । तर म गइन । तर मैले होटेलहरुमा रेड हानेको अवस्थामा उनीहरु कसरी बोल्छन् ? कसरी प्रस्तुत हुन्छन् ?त्यस बारेमा रिसर्च गरे । उनीहरुको भाषा कस्तो हुन्छ ? भनेर चाहि केही समाचारहरु पढे ।

अनि हाइप्रोफाइल चरित्र भएकाकारण सामान्य तरिकाले नै बोल्नुपर्ने थियो । खासै गाह्रो भने भएन । मैले शुरुको सिनेमा ‘लज्जा’मा नवल दाइले जे सिकाउनु भयो ती कुराहरु प्रयोग गर्दै अहिले नवौ सिनेमाको यात्रा तय गरिरहेको छु ।

सिनेमा रिलिज हुँदा मोबाइल अफ

यो सिनेमा रिलिज भएको दिनमा मैले मोबाइल नै अफ गरेर बसे । म्युजिक भिडयोबाट सिनेमामा जानु भएका कलाकारहरुको सिनेमा नचलेको समय थियो त्यो । अनि मलाई पनि पहिलो सिनेमा चल्दैन होला भनेर एकदमै डर लागेको थियो ।

यहि कारण सिनेमा रिलिज भएको समयमा मैले मोबाइल नै अफ गरे । दिउँसो १२ बजेतिर मोबाइल खोले होला, अनि त ठ्याङ ठ्याङ म्यासेज आको आई भयो । पहिलो म्यासेज थियो छवि जी को । उहाँले मलाई किन मोबाइल अफ गरेको ? सिनेमा कति राम्रो भइरहेको छ  । दर्शकको प्रतिकृया प्रत्यक्ष गएर नबुझे पनि लुकेर हेर्न त मिल्छ भनेर भन्नु भएको थियो ।

मैले त सिनेमा नराम्रो भएका कारण गाली पो खाइने होकी भनेर नै मोबाइल अफ गरेर सुतेको थिएँ । मलाई प्रतिकृया के आउने हो भन्ने डर थियो । 

बोल्ड बनाउन अर्कैको आवाज

सिनेमामा मेरो एकदमै बोल्ड क्यारेक्टर छ । अनि त्यो क्यारेक्टरलाई  मेरो आवाज अलिकति सुहाएन त्यस कारण अर्को आवाज हालिएको छ । मेरो आवाज त्यतिबेला अलि पातलो थियो । त्यस कारण समुना केसीको आवाज हो त्यो । उहाँ चाहि एकदमै राम्रो थिएटर आर्टिस्ट  हुनुहुन्छ ।

आर्यनले पानीमा भिजाउँदा बिरामी

सिनेमामा भएको एउटा गीत छ नि‘के भयो भयो’ भन्ने त्यसमा हामी दुई जना पानीमा भिज्नु पर्ने सिन थियो । तर आर्यन चाहि कति बाठो के  घुमाई फिराई  छाता त आफूले मात्रै ओढ्ने । 

मलाई पानीमा यत्तिकै छोडेर म भिजे । त्यस बखत भिजेर मलाई ज्वरो आयो र म तीन दिनसम्म सुतेको याद छ । हामीले यो गीतको छायाकंन भृकुटी मण्डपमा सेट लगाएर गरेका थियौँ ।

उज्यालो र गफगाफ डटकमको सहकार्य

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया