MENU

बातावरण-कृषि

ujyaalo forign call inside

संखुवासभाबाट अखेटोपहार चितवन पठाइयो

संखुवासभा, फागुन ७ – खुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज लगेर नष्ट गरिने भएकाे छ । 
 
आर्थिक वर्ष ०६७-०६८ देखि ०७०-०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरिएको अखेटोपहार सोमबार चितवन पठाइएको हो । जिल्ला वन कार्यालयमा दर्ता गरिएका मुद्धा फैसला भएपछि चितवन लगेर नष्ट गर्न लागिएको सहायक वन अधिकृत हेमन्त पराजुलीले बताउनुभयो ।  विभिन्न ८ ओटा मुद्धाका पाँच प्रकारका सामाग्री चितवन पठाइएको उहाँले बताउनुभयो ।  
 
४ वर्षभित्र तस्करबाट पक्राउ गरिएका ३० किलो ९ सय ग्राम सालकको खपेटा, ८ ओटा भालुको पञ्जा, एउट भालुको पित्त, एउटा ध्वाँसे चितुवाको छाला र एउटा रतुवाको छाला चितवन पठाइएको हो । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया