MENU

मनोरञ्जन

ujyaalo forign call inside

​अक्षयलाई लाग्यो ‘प्याडम्यान’को झड्का

फागुन ८ – गजब प्याडम्यानको ट्रेलर सार्वजनिक भयो । सबैले अनुमान लागाएका थिए, अक्षयको यो फिल्म पनि सुपरहिट साबित हुनेछ । यस फिल्मले सजिलै सय करोडको व्यापार गर्नेछ । तर जब यो फिल्म फेब्रुअरी ९ मा सार्वजनिक भयो, फिल्मले पहिलो दिनमै खासै राम्रो कमाई गर्न सकेन ।

फिल्म प्रदर्शनको एक हप्तासम्ममा फिल्मले जम्मा ४० करोडको व्यापार ग¥यो । प्रदर्शन भएको १० दिन पुग्दा त झन् यस फिल्मले खस्कदो व्यापार गरिरहेको छ । प्याडम्यानलाई सय करोड कमाई गर्न हम्मे हम्मे परिरहेको छ । 


६० करोडको बजेटमा बनेको प्याडम्यानले दोस्रो हप्तासम्म आइपुग्दा जम्मा ७१ करोडको व्यापार गरेको छ । यस हिसाबले फिल्मले आफ्नो लागत उठाएको त छ तर सय करोडको क्लबमा भने यो फिल्मले अझै प्रवेश गर्न सकेको छैन ।

फिल्म प्याडम्यान अघि अक्षय कुमारका लगातार ५ वटा फिल्म सुपरहिट भएका थिए । अक्षयका सन् २०१६ देखि २०१७ सम्ममा एक पछि अर्को गर्दै प्रदर्शन भएका फिल्म एयरलिफ्ट, हाउसफूल, रुस्तम, जोली एलएलबी २, ट्वाइलेट एक प्रेम कथा लगातार बलिउडमा सुपरहिट भएका थिए ।

अक्षय कुमारको आगामी फिल्म ‘गोल्ड’ १५ अगष्ट  २०१८ मा प्रदर्शन हुँदैछ । यो फिल्म बाहेक अक्षयको अर्को फिल्म ‘२.०’ पनि प्रर्दशन हुनेछ । रजनी कान्तको यस फिल्ममा अक्षय पहिलो पटक खलनायको भूमिकामा देखिदैछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया