MENU

विचार/अनुभूति

ujyaalo forign call inside

बन्दी चेतनाको ‘जाँच प्रयोग’

- कुमार रञ्जित

बिहानै अधिकांश बन्दीहरुमा ‘आज केही फरक अनुभव गर्ने’ मूड देखिन्थ्यो । अचानक काठमाडौं जगन्नाथ देवल पछाडिको ऐतिहासिक भद्र बन्दीगृहभित्र भलिबल कोर्टसहितको खुला मैदानमा बिहानै हाजिरीजवाफ चल्यो ।

भिक्षु भद्दिय आफ्ना सहयोगी सहित मैदानमा प्रवेश गर्दा वर्षौदेखि त्यहीँ रहेकादेखि नवप्रवेशीसम्मका बन्दीहरु बिहानको पहिलो चियासहितको गिलास हात–हातमा लिएर यत्रतत्र उभिएका थिए । प्रत्येक महिना भिक्षुद्वारा बौद्ध सन्देश प्रवचन हुने कुरा अधिकांशलाई जानकारी त थियो, तर प्रवचन हाजिरीजवाफ जस्तै होला भन्ने कसैले सोचेका थिएनन् । 

“दाजुभाईहरु, नजिक आउनोस्, अब हामी भिक्षु भद्दियबाट बौद्ध सन्देश प्रवचन सुन्नेछौं” उद्घोष हुने बित्तिकै यत्रतत्र छरिएका बन्दीहरु बिस्तारै बीच मैदानमा एकत्रित हुन थाले । 

“यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए । 

भिक्षु भद्दियले प्रवचन शुरु गर्नुभयो र केही क्षणमै प्रश्न तेस्र्याउनु भयो– “थाहा छ तपाईहरुलाई, जीवनमा सबैभन्दा महत्वपूर्ण धन के हो ?” एकछिनको मौनता तोड्दै बन्दीहरुका बीचबाट उत्तर वर्षिन थाल्यो– शिक्षा, माया, ज्ञान, आमाबुबा, सत्य, मन, आत्मा, अनुशासन, परमात्मा, वाणी इत्यादि ।

अप्रत्याशित रुपमा आएका यस्ता उत्तर सुनेर भिक्षु मुसुक्क हाँस्नु भयो । र, भन्नुभयो– “तपाईहरुले भन्नुभएका सबै शब्दहरु जीवनमा आवश्यक हुन्, तर सबैभन्दा महत्वपूर्ण धन चाहीँ श्रद्धाधन हो, जुन नभई हामी केही गर्न सक्दैनौं । अहिले तपाईहरु मेरा कुरा सुनिरहनुभएको श्रद्धाधनकै कारणले गर्दा हो ।” अधिकांश बन्दीहरुले सहमतिपूर्वक टाउको हल्लाए ।

हाजिरीजवाफ जस्तो प्रवचनका क्रममा भिक्षु भद्दियले बुद्धले दानवलाई सही मार्गनिर्देशन गर्न अपनाएका तरिका बताउँदै अर्को प्रश्न तेस्र्याउनु भयो– “संसारमा सर्वश्रेष्ठ रस के होला ?” यस प्रश्नमा पनि बन्दीहरुका तर्फबाट ज्ञान, बोली, विचार, सद्बुद्धि जस्ता उत्तर आए । उत्तरमा भिक्षुले भन्नुभयो– ‘सत्य रस ।’ 

अन्तक्र्रिया वास्तवमा कुनै अपराध कर्मका कारण बन्दीगृहमा रहेकाहरुको चेतनाको ‘जाँच प्रयोग’ जस्तै भएको थियो । जीवनको कुनै क्षणमा जानेर वा जानेर कुनै गल्तीवश अपराध कर्म गर्न पुगेकै कारण अदालतबाट तोकिएका सजाय भोग्न पुगेका बन्दीहरुलाई भद्रबन्दीगृहमा भिक्षुको प्रवचन रुचिकर लाग्दैथियो ।

त्यसैैले उनीहरुले भिक्षुका प्रश्नमा उत्तर पनि दिँदैथिए । त्यस्ता प्रश्नोत्तरबाट बन्दीहरुको बौद्धिकस्तरको परीक्षण हुँदैथियो । जुन जेल प्रशासन, न्याय कानूनका व्याख्याताहरुका साथै अपराधपछिको मानसिकताका अध्येताका लागि पनि उपयोगी हुन सक्दछ । 

‘जीवनमा सबैभन्दा ठूलो धर्म र ज्ञान के हुनसक्ला ?’ भन्ने प्रश्नको उत्तरमा पनि तिनीहरुले यस्तै आफ्ना क्षमताले सक्ने उत्तर दिएका थिए । उत्तर नमिल्दा तिनीहरुमा झनै उत्सुकताका भाव देखिन्थ्यो । 

बन्दीगृृहहरुका पठन–पाठन र अध्ययनका लागि पुस्तकहरुको कमी देखिन्न । बाहिरबाट प्रशस्तै नयाँ–नयाँ पुस्तकहरु पनि पुगेका देखिन्छन् । पुस्तकालयहरु सञ्चालित छन्, जहाँबाट अधिकांश बन्दीहरुले केही पढेर बुझ्ने प्रयास पनि गरेका पाइन्छन् । भिक्षुका साथमा गएको टोलीले केही पुस्तकहरु उपहारस्वरुप दिँदा उनीहरु ‘यसलाई पुस्तकालयमा राख्छौं’ भन्न छुटाउँदैनथे । 

बन्दीगृहभित्र मन्दिर, मस्जिद, गुम्बा बनेका छन् । प्रवेशद्वारनिरै बनेको छ, ठूलो बुद्धमूर्ति, जहाँ प्रत्येक वर्ष बुद्ध पूर्णिमामा मेला जस्तै लाग्ने गर्दछ । दिनहुँ प्रार्थना हुने गर्दछ त्यहाँ । विजयरत्न तुलाधर त्यसको निर्माणकालदेखि नै बन्दीगृहमा आउने–जाने गर्दै प्रत्येक कार्यक्रमहरुको संयोजक गरिरहनुभएको छ ।

यस क्रममा धेरै परिवर्तन देख्नुभएको सुनाउनु हुन्छ उहाँले । यसपटक पनि उहाँ भिक्षु भद्दियका साथै भिक्षु विमलो, महिला बन्दीगृहका लागि भिक्षुणी अग्गयानीका साथै रोशना तुलाधर, कृष्ण गोविन्द महर्जन, रामकृष्ण महर्जन र मदन मान महर्जनको टोली लिएर पुग्नुभएको थियो । 

बन्दीहरु नियमित आफ्ना आस्था अनुरुप पूजा, पाठ साथै प्रार्थना गर्दछन् । राजनीतिमिश्रित अपराध कर्म गरेर बन्दी बन्न पुगेका देवराज लामा भिक्षुका अघिल्तिर नमस्कार गर्दै भन्दै थिए– ‘म पूजामा थिएँ, अलि ढिलो आइपुगेँ ।’ उनी अध्ययनमा रुची राख्छन् र बन्दीगृहबाटै थप अध्ययनका नयाँ कुरा लिएर आउँछु भन्छन् । बुद्ध सन्देशको उदाहरण दिँदै लामाले अन्य बन्दीहरुलाई पनि अध्ययन गर्न सुझाव दिने गर्छन् । 

यसप्रकारका बन्दी चेतनाको जाँच प्रयोगले तत्काल कुनै परिणाम नदेखिए पनि त्यसले दीर्घकालीन महत्व र परिणाम देखाउने विश्वास टोलीका सबै सदस्यका साथै संयोजक तुलाधरको रहेको छ । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया