MENU

बातावरण-कृषि

ujyaalo forign call inside

खिजीदेम्वा गाउँपालिकाले माटो परीक्षणपछि व्यवसायिक कृषिमा लगानी गर्ने

ओखलढुंगा, फागुन ८– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाका किसानहरुको माटो परीक्षणका लागि नमुना संकलन गर्न थालेको छ ।

सबै वडाको माटोको नमूना संकलन गरेर परीक्षण गरेपछि माटोको गुण अनुसार व्यवसायिक कृषिमा लगानी गर्ने उद्देश्यले गाउँपालिकाले माटो परीक्षणको काम थालेको हो । 

माटो परीक्षणका लागि कृषि प्राविधिक खटाएर धमाधम नमूना संकलन भइरहेको गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार सबै माटोको नमुना गाउँपालिकाको केन्द्रमा ल्याएपछि विषेशज्ञ झिकाएर माटो परीक्षण गरिने छ ।

 विज्ञको सुझाव अनुसार कृषकलाई कुन क्षेत्रमा कस्तो बाली उपयुक्त हुन्छ भन्ने सुझाव अनुसार व्यवसायिक खेतिका लागि कृषकहरुलाई गाउँपालिकाले सहयोग गर्ने नीति ल्याइने गाउँपालिकाले जनाएको छ । खिजीदेम्वाको अधिकांश भूभाग लेकाली क्षेत्रमा पर्ने भएकाले यहाँको मुख्य बाली आलु, मकै र गहुँ रहेको छ । 

किसानहरुलाई व्यवसायिक बनाएर निर्यात गर्न सक्ने बनाउन यस्तो नीति लिइएको अध्यक्ष रोकाको भनाइ छ । गाउँपालिका भित्रका कृषि पेशामा आवद्ध कृषकहरु निर्वाहमुखी कृषि गर्दै आएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया