MENU

मनोरञ्जन

ujyaalo forign call inside

मसँग आमिर खानले माफी मागेका थिए : रानी मुखर्जी

फागुन ८ – झण्डै ४ वर्षपछि चलचित्र ‘हिचकी’ पछि चलचित्र उद्योगमा फर्किएकी रानी मुखर्जीको आवाज नै सुरुवातमा संघर्षको विषय बनेको थियो । 

बीबीसीसँग कुरा गर्दै रानी मुखर्जीले आफ्नो सुरुवाति करिअरको संघर्षका बारेमा बताएकी छिन् । आज उनको आवाज नै उनको पहिचान बनेको छ । उनको आवाज मन पराउने लाखौँ छन् । तर कुनै समय त्यस्तो थियो कि रानीको आवाज अरु अभिनेत्रीको जस्तो सुरीलो नभएको भन्दै फिल्म निर्माता तथा निर्देशकहरु कुरा काट्थे ।

 

चलचित्र ‘गुलाम’ का अभिनेता आमिर खान, निर्देशक विक्रम भट्ट तथा निर्माता मुकेश भट्टले आफ्नो वास्तविक आवाज मन नपरेको भन्दै डब गराएको रानी मुखर्जीले सुनाइन् । 

त्यसै बेला उनी ‘गुलाम’ तथा करण जोहरको चलचित्र ‘कुछ कुछ होता हे’ सँगसँगै काम गरिरहेकी थिइन् । करणले रानीसँग उनको पहिलो चलचित्रमा उनको आवाजमा डबिङ गरिएकाले ‘कुछ कुछ होता हे’ मा असली आवाज राख्ने बताए । रानी भन्छिन्, ‘करण नयाँ निर्देशक थिए, उनी मेरो भूमिकाको आवाज कसैसँग डब गराउन सक्थे तर उनले मलाई भरोसा दिलाए मेरो अवाज नै मेरो आत्मा हो । उनको यो विश्वास नै मेरो लागि आत्मविश्वासका रुपमा देखा पर्यो ।’

रानी अगाडि भन्छिन्, ‘कुछ–कुछ होता हे’ हेरिसकेपछि आमिर खानले मलाई फोन गरेर माफी मागे । उनले मसँग भने, ‘मलाई तिम्रो आवाज चलचित्रका लागि ठिक छ जस्तो लागेको थिएन तर चलचित्र हेरेपछि म आफ्नो शब्द फिर्ता लिन्छु । तिम्रो आवाज निकै नै राम्रो छ ।’

आवाजको अलावा रानीको उचाईका बारेमा चर्चा परिचर्चा हुने गथ्र्यो । उनी भाग्यमानी भइन् कि सलमान खान, शाहरुख खान तथा आमिर खानसँग काम गरिन जहाँ उनको उचाइ खासै होचो देखिएन । 

रानी मुखर्जी यस कुराले खुशी छिन् कि उनी ठूला निर्देशक, निर्माता, अभिनेता तथा टेक्निसयनसँग काम गर्ने अवसर पाइन् । रानी भन्छिन् पहिलो फिल्म भलै कुनै जादु तथा अन्य कुनै कारणले प्राप्त हुन्छ तर दोस्रो र तेस्रो फिल्म तपाईँको आफ्नो क्षमताले मात्र पाउनुहुनेछ । 

चलचित्र क्षेत्रमा पुनरागमनका लागि श्रीमानको दवाव

चार वर्षपछि रानी मुखर्जी चलचित्र क्षेत्रमा फर्किएकी छिन् । उनको आफ्नो चाहना भने अझै तीन–चार वर्ष फिल्मी क्षेत्रमा फर्कने थिइनन् । अहिले उनी जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै दुई वर्षीया छोरी आदिरा हुन् ।

रानी छोरी आदिराको रखेदेखमा निकै नै व्यस्त भएकी थिइन् त्यसैले उनका श्रीमान निर्माता तथा निर्देशक आदित्य चोपडाले उनलाई चलचित्र क्षेत्रमा फर्कन दवाव दिए । 

चलचित्र ‘हिचकी’ मा रानी मुखर्जी यस्तो अध्यापकको भूमिकामा छिन् जसलाई टौरेट सिन्ड्रम हुन्छ । यस्तो बिरामी भएका व्यक्तिले एउटै भाव पटक–पटक दोहोर्याउँछन् । चलचित्रमा रानी मुखर्जीलाई कुरा गर्दागर्दै हिचकी (बाँडुली) आउँछ । चलचित्रको कथा अमेरिकाका प्रसिद्ध प्रेरणात्मक वक्ता तथा अध्यापक ब्रेड कोहेनबाट प्रेरित छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया