MENU

मनोरञ्जन

ujyaalo forign call inside

​‘शत्रु गते’को प्रचारप्रसार शैली : हलमा आए टिजर र पोस्टर

काठमाडौं, फागुन ८ – प्रदीप भट्टराईको  दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’को टिमले यतिबेला सिनेमाको प्रचारप्रसारको तयारी गरिरहेको छ । 

केही दिनअघि मात्र सिनेमाका चारवटा पोस्टर सार्वजनिक गरेको ‘शत्रु गते’ले प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले सिनेमा हलमा पनि पोस्टर टाँसिसकेको छ । यसका अलावा केही दिनदेखि सिनेमाको टिजरसमेत हलमा देख्न सकिन्छ  भने कलाकारहरु विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएर सिनेमाको प्रचारप्रसार सुरु गरेका छन् ।

सिनेमाका दुईवटा गीत सार्वजनिक भइसकेका छन् भने सिनेमाको ट्रेलर सिनेमा प्रदर्शन हुनुभन्दा १५ दिनअघि सार्वजनिक गरिने प्रस्तुतकर्ता किरण केसीले बताएका छन् । 

सिनेमामा समावेश गीत ‘रुपै मोहनी’ले छोटो समयमा धेरै पटक हेरिने गीतको रेकर्ड समेत राखिसकेको छ । यो गीतलाई रिलिज भएको २४ घण्टामा ८ लाख ३२ हजार पटक हेरिएको  थियो । यसका अलावा सिनेमामा समावेश दोस्रो गीत ‘पिरतीको बर्को’लाई पनि दर्शकले रुचाएका छन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, आँचल शर्मा, प्रियंका कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाले शत्रुहरुलाई पराजय गर्ने एक दिनलाई मुख्य विषय बनाएको छ । 

-उज्यालो र गफगाफ डटकमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया