MENU

साहित्य/ कला

ujyaalo forign call inside

कीर्तिपुरमा पहिलो पटक बाल साहित्य महोत्सव आयोजना हुँदै

काठमाडौँ, फागुन ८ – पहिलोपटक कीर्तिपुरमा  ‘कीर्तिपुर बाल साहित्य महोत्सव’ आयोजना हुने भएको छ । 

कीर्तिपुर नगरपालिका, कथालय, बाल कथा सङ्ग्रालय र क्रिएटिभ एकेडेमीको संयुक्त आयोजनामा हुन गइरहेको यस महोत्सवमा बालबालिकाको सर्वांगिण विकास तथा पढ्न र लेख्न प्रोत्साहन हुने खालका कार्यक्रमहरु समेटिने कुरा क्रिएटिभ एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जीमान सिंह महर्जनले जनाउनुभयो । ‘हामी कीर्तिपुर क्षेत्रमा हाम्रा बाबु नानीहरुमा स्वतन्त्र रुपमा पढ्ने बानीको विकास होस भन्ने चाहन्छाँै र यसमा यो कार्यक्रमले मद्दत गर्नेमा विश्वस्त छौँ’, उहाँले भन्नुभयो ।

आयोजकहरुका अनुसार, लेखकसँग श–स्वर वाचन, कथा लेखन, कार्टुनहरूको परेड, स्रष्टासँग संवाद, कठपुतलीको प्रस्तुति, कला प्रदर्शनी, पुस्तक विमोचन, कथावाचन, चित्रकला कार्यशाला महोत्सवका  प्रमुख आकर्षणहरु रहनेछन् । 

यसका साथै पुस्तक मेला, म्याजिक शो, फेस पेन्टिङ्, नाटकलगायत थुप्रै बाल मैत्री कार्यक्रम प्रस्तुत गरिनेछन । ‘कार्यक्रम एकदमै अर्थपूर्ण छ, आशा छ यसले बालबालिकाहरुमा पठन सीपको विकास गर्नेछ’, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो । 

महोत्सव यही फागुन १९ गते शनिकारका दिन क्रिएटिभ एकेडेमीको परिसरमा आयोजना हुने जनाइएको  छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया