MENU

साहित्य/ कला

ujyaalo forign call inside

​यादहरुमा मात्रै रह्यो बाँसुरीको धुन

चन्द्र थापा/उज्यालो ।

अछाम, फागुन ९ – बढ्दो अधुनिकतासँगै गाउँघरमा बासुरीको धुन लोप हुँदै गएको छ । केही वर्ष पहिले अछामसहित प्रदेश नम्बर ७ का सबैजसो जिल्लामा वनपाखा, मेलापात र गोठालो जाँदा सुरिलो भाकासहित बाँसुरीका धुनहरु सुनिन्थ्यो ।

तर पछिल्लो समय बाँसुरीको धुन करिब लोप हुने अवस्थामा छ । यो त केवल यादहरुमा मात्रै रहेको छ । युवा वर्गको शहर र विदेश मोहले पनि बाँसुरी बाजाको लोप हुन लागेको हो । झण्डै एक दशक अगाडि गाउँघरका पाखा, पखेरा, तथा वनमा सुरिला बाँसुरीका धुनहरु सुनिन्थयो । गाउँघरमा मेलापात गर्दा र चौपाय चराउँदा थकाई मेटाउँदै बिरहका गीतसँगै बाँसुरीको धुनले सिंगो गाउँ नै गुञ्जिने गर्थो ।

गीतसँगै तिरिरि गरेर बजेको बाँसुरीको धुनले धेरैलाई मनोरञ्जन दिन्थ्यो । अहिले यो संस्कार र संस्कृति हराएर गएको छ । शहर बजारका विभिन्न म्यूजीक कम्पनीहरुमा बासुरीलगायतका बाजा सुरक्षित रहे पनि गाउँघरमा यसको प्रयोग हराएको स्थानीय बताउछन् । बाँसुरी बाजा हराउँदै जानुका पछाडि बढ्दो प्रविधिको प्रयोग र आधुनिकता प्रमुख कारण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामका अध्यक्ष भोजराज भाटको भनाई छ ।

यहाँको सुन्दर संस्कृति र इतिहासका रुपमा रहेको बाँसुरी धुन बजाउने कला युवा पुस्तालाई सिक्न निकै समस्या रहेको भाटको भनाई छ । पूर्खाको चिनोका रुपमा रहेको बाँसुरी बजाउन त परको कुरा बाँसुरी बाजा बनाउने मान्छे पनि नभेटीने उहाँले बताउनुभयो ।

गाउँघरबाट लोप हुन थालेको बाँसुरीको धुनलाई जोगाउन र संरक्षण गर्नका लागि सरोकारवालाले सोच्नुपर्ने बेला आएको अछाम तुर्माखाँद गाउँपालिकाका बमबहादुर बिकको भनाई छ । आफू दृष्टिबिहीन भएर पनी बाँसुरी बजाउने बिक बताउनुहुन्छ ।

आफू बाँसुरीको संरक्षणमा लागिरहेको बिकको भनाई छ । बिकले सरोकारवाला पक्षले पनि बाँसुरीको संरक्षणतर्फ ध्यान दिन नसकेको गुनासो गर्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया