MENU

बातावरण-कृषि

ujyaalo forign call inside

जंगली जनावर र दुर्लभ पंक्षीको शिकार बढ्दै, स्थानीय प्रशासन माैन

डीबी विष्ट/उज्यालो । 

बझाङ, फागुन ९ – हिमाली भेगमा हिमपात भएसँगै जंगली जनावर र पंक्षीको चोरी शिकार तीव्ररुपमा हुन थालेको छ । हिउँमा फसेका मृगलगायत अन्य जनावर र चिसोले तल झरेका पंक्षीहरुको शिकार गर्न सजिलो हुने भएकाले शिकार खेल्न जानेको संख्या बढेको छ । 
 
धेरै जसो गाँउपालिकामा बन्दुक, भाला, पासा, हँसिया, लाठीलगायत घरेलु हतियार र शिकारी कुकुरसहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेललगायत जंगली जनावर र डाँफे, कालिजलगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेको स्थानीयले बताएका छन् । हिमपात हुँदा समूहमा शिकार गर्ने चलनलाई यहाँको भाषा ऐह्रा खेल्नु समेत भनिन्छ । 

हिमाली भेगमा शिकारको सिजन सुरु भए संगै सदरमुकाम लगायतका बजारहरुमा डांफे लगायत  विभिन्न जंगली जनावरको मासु सदरमुकाममा खुलेआम विक्री भइरहेको पाईन्छ । जिल्लाको हिमाली क्षेत्र कांडा, सुर्मा, दौलिचौर, रिलु, दहवगर, लेकगाउँ, मेलविसौना, कैलाश, दहबगर, मौलाली, सैनपसेला, कोटदेबललगायतका ठाँउका वनक्षेत्रमा शिकार गर्ने काम भैरहेको स्थानीयले बताएका छन् । 

सदरमुकाम आसपास क्षेत्रमा डाँफे २ हजार ५ सयदेखि ३ हजार ५ सयसम्ममा विक्रि हुने गरेको स्थानीयले व्यापारीले जानकारी दिनुभयो । यस्तै जंगली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजारदेखि १५ सयसम्म विक्रि हुने गरेको शिकारीहरु बताउँछन् । कालिज १५ सयदेखि २ हजारसम्म विक्री हुने गरेको छ । 

दुई चार वर्ष पहिले हिमाली क्षेत्रमा गाउँको नजिकै प्रशस्त भेटिने डाँफेलगायतका पंक्षी र जंगली जनावरहरु आजभोली मुस्किलले देखिने गरेको स्थानियहरु बताउँछन । ‘केही वर्ष पहिलासम्म हिउँ पर्दा मृग र डाँफेहरु गाउँमै आउँथे’  स्थानीय बसन्तबहादुर बोहराले भन्नुभयो, ‘अहिले घण्टौँ हिँडेर लेक तिर गएपछि मात्र फाट्ट–फुट्ट भेटिन्छ ।’

शिकारीहरुले चैनपुरका होटल र पसलहरुमा जंगली जनावरको मासु र पंक्षीहरु ल्याउने र व्यापारीहरुले केही फाइदा लिएर बेच्ने गरेको व्यापारीहरु बताउँछन । हप्ताको दुई तिन दिन ५ देखि ७ वटा डाँफेहरु सदरमुकाम चैनपुरमा विक्री हुने गरेको छ । 

जिल्ला वन कार्यालयका रेन्जर सुरेन्द्रबहादुर कठायतले जनावर र पंक्षीको चोरी शिकारले डरलाग्दो रुप लिएका कारण यसलाई नियन्त्रण गर्न जिल्ला वन कार्यालयले योजना बनाइरहेको जानकारी दिनुभयो ।  ‘कुन कुन ठांउमा शिकार हुन्छ । कुन नाका भएर ओसार पसार हुन्छ भन्ने कुरा हामीले पत्ता लगाई सकेका छौँ ’  ।

कठायतले भन्नुभयो ‘तत्कालका लागि प्रहरीसँग समन्वय गरेर नियन्त्रणको प्रयास थाले पनि यसको दीर्घकालिन समाधान खोज्नुको विकल्प छैन’ । उहाँले वन्यजन्तु अपराध नियन्त्रण समितिको बैठक राखेर चोरी शिकार नियन्त्रणको पहल भैरहेको बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया