MENU

मनोरञ्जन

ujyaalo forign call inside

​दोस्रो विवाहबारे के भन्छिन् स्वेता खड्का ?

फागुन ९ – अभिनेत्री स्वेता खड्का सिनेमा ‘कान्छी’लाई दर्शकले दिएको प्रतिकृयाले खुशी हुँदै शुक्रबार हलमै रुन पुगिन् ।

उनलाई रोएको देखेर धेरैले स्वेताको मन साह्रै नै कमलो भएको प्रतिकृया दिएका छन् । हामीसँगको कुराकानीमा उनले आफू बाल्यकालदेखि नै यस्तै कमलो मनक भएको प्रतिकृया दिएकी छिन् ।

सानैदेखि केही भयो कि झट्ट रोई हाल्ने भएका कारण धेरैले उनलाई बट्टाई हर्ट र ब्रोइलर कुखुरा भन्ने गरेको बताइन् । किनभने ब्रोइलर र बट्टाई हर्ट अलि कमजोर हुने र केही भयो कि फ्याट्ट ढलि हाल्ने भएका कारण उनलाई यो नाम दिइएको हो ।

यसका अलावा हामीसँगको कुराकानीमा उनले पछिल्लो समय चलेको दोस्रो विवाहको चर्चाबारे पनि बालेकी छिन् । आफ्नो दोस्रो विवाहबारेमा भएको चर्चाबारे बोल्दै उनले भनिन्,  ‘त्यो दर्शकहरुको चिन्ता हो । उहाँहरुको  खुल्दुली हो र यो एउटा स्वभाविक कुरा हो ।’

यसका साथै उनले दोस्रो विवाह गर्दैछिन् भन्ने सबै समाचारहरु गसीप मात्र भएको पनि प्रष्ट पारिन् । ‘म यसलाई सामान्य रुपमा लिन्छु । म सिनेमा क्षेत्रमा छु । यो क्षेत्र भनेको यस्तै कुराहरु आइरहने क्षेत्र हो । अर्को कुरा म सिंगल छु । त्यस कारण पनि यो कुरा आउँछ । मैले यसलाई सामान्य रुपमा लिएको छु',स्वेताले भनिन्, 'यो आइरहने कुरा हो ।’

 

उज्यालो र गफगाफ डटकमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया