MENU

मनोरञ्जन

ujyaalo forign call inside

अजय र इलियानाको चलचित्र ‘रेड’को नयाँ गीत सार्वजनिक

फागुन ९ - बलिउड नायक अजय देवगन र इलियाना डिक्रुजको फिल्म ‘रेड’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर र पहिलो गीतले जसरी दर्शकको मन जितेको थियो यो नयाँ गीतले पनि सामाजिक संजालमा निकै चर्चा बटुल्न सुरु गरिसकेको छ । 

‘नित खैर मंगा’ बोलको पञ्जाबी गीतलाई रिक्रिएट गरिएको हो । जसमा गायक राहत फतेह अली खानको आवाज रहेको छ । गीतमा संगीत तनिष्क बाक्चीले दिएका छन् । 

फिल्म ‘रेड’ को ट्रेलर फेब्रुअरी ५ मा सार्वजनिक भएको थियो । चलचित्रमा अजय देवगन एक इमान्दार र कडा स्वभावको आयकर विभागको अधिकारीको भूमिकामा देखिएका छन् । यस्तै, सौरभ शुक्लालाई खलनायकको रुपमा प्रस्तुत गरिएको छ भने अभिनेत्री इलियाना डिक्रुजको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘रेड’को निर्माता भूषण कुमार, कृषण कुमार, कुमार मंगत र अभिषेक पाठक हुन् भने राजकुमार गुप्ताले यस चलचित्रको निर्देशन गरेका हुन । यो चलचित्र २०१८ मार्च १६ मा रिलिज हुनेछ । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया