MENU

बातावरण-कृषि

ujyaalo forign call inside

रोग भित्रिने डरले लमजुङमा अन्यत्रबाट मौरी ल्याउन रोक

श्यामशितल परियार/उज्यालो ।   

           
लमजुङ, फागुन ९ – लमजुङका मौरीपालक किसानहरुले बाहिरी जिल्लाबाट मौरी ल्याउन रोक लगाएका छन् । 

अन्यत्रबाट मौरी ल्याउँदा रोग भित्रिने जोखिम भएकाले किसानहरुले बाहिरी जिल्लाबाट मौरी ल्याउन रोक लगाएका हुन् । नेपाल मौरीपालक महासंघ लमजुङ शाखाको बैठकले बाहिरबाट लमजुङमा मौरी ल्याउन रोक लगाउने निर्णय गरेको हो ।

बाह्य जिल्लाबाट मौरी ल्याउँदा रोग भित्रिने जोखिम हुने भएकाले आफूहरुले यस्तो निर्णय गरिएको नेपाल मौरीपालक महासंघ लमजुङ शाखाका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक मौरी जिल्लामै उत्पादन भएको छ । 

‘बारिहबाट मौरी ल्याउँदा खर्चिलो हुन्छ, रोग भित्रिने उत्तिक्कै डर हुन्छ, त्यसैले हामीले अन्यत्रबाट मौरी ल्याउन रोक लगाएका छौँ,’ मौरीपालक किसान समेत रहनुभएका गुरुङले भन्नुभयो, ‘जिल्लामा आवश्यक मौरी यहीँ उत्पादन भएको छ, अन्य ठाउँबाट मौरी नल्याउँदा जिल्लामै उत्पादित मौरीले बजार पाउँछ ।’ 

गुरुङले ४२ घारमा ‘शेरना’ जातको मौरी पालन गर्नुभएको छ । उहाँका अनुसार यस निर्णयले मौरी उत्पादक किसानलाई राहत पुगेको छ । 

महासंघमा २ सय ३९ सदस्य रहेका छन् । महासंघको सदस्य बन्न कम्तीमा पनि ५ वटा घारमा मौरीपालन गरेको हुनुपर्छ । जिल्लामा २५ जनाले व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । 
   
जिल्लामा महसँगै मौरी पनि उत्पादन हुँदै आएको मौरीपालक महासंघ लमजुङका सल्लाहकार विक्रम गुरुङले बताउनुभयो । उहाँका अनुसार मौरीमा रोग लागेमा उपचार गर्न कठिन हुन्छ । जिल्लामा रहेका मौरीमा रोग छैन । बाहिरबाट मौरी ल्याउन रोक लगाउने महासंघको निर्णय जिल्लामा रहेका किसानको हितमा छ । 

जिल्लाको तार्कु, गहते, चौँडिला, सिन्दुरे, गौँडा, कुप्लिङ, घनपोखरालगायतका ठाउँमा व्यवसायिक रुपमा मौरीपालन हुँदै आएको छ । किसानले शेरना जातको मौरी पाल्दै आएका छन् । मौरीपालक महासंघ लमजुङका अनुसार जिल्लामा वार्षिक ३० देखि ३२ टन मह उत्पादन हुन्छ ।

उत्पादित मह लमजुङसहित काठमाडौं, पोखरालगायतका शहरमा पुग्छन् । कोसेलीको रुपमा विदेशसम्म पुग्छन् । प्रतिकेजी ७ सय रुपैयाँका दरले किसानहरुले मह बेच्दै आएका छन् । प्रति गोला (मौरी घार) ८ हजार रुपैयाँका दरले बेच्दै आएका छन् । एउटा गोलामा २५ देखि ३० हजारसम्म मौरी हुन्छन् ।   

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया