MENU

बातावरण-कृषि

ujyaalo forign call inside

दुर्लभ स्तनधारी जनावर सालकको गणना सुरु

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, फागुन ९ – दुर्लभ स्तनधारी जनावरको संरक्षणगर्ने उद्देश्यले संकटापन्न जनावर सालकको गणना कार्य सुरु गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र जिल्ला वन कार्यालय चितवनको संयुक्त पहलमा सालक गणनको कार्य सुरु गरिएको हो । गणना कार्य चितवनको कंकाली सामुदायिक वनबाट सुरु गरिएको हो । 

लजालु स्वभावको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले यसको गणनाकार्य सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले बताउनुभयो । जिल्ला वन कार्यालय चितवनका वन अधिकृत केदारनाथ पौडेलले कंकाली वनमा क्यामेरा जडान गरेर कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । 

विश्वमा ८ प्रजातिका सालक रहेका छन् ।  नेपालमा कालो र तामे सालक मात्रै पाइन्छ । गणना कार्य उद्घाटन कार्यक्रममा जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख रामकुमार अर्यालले  सालक संरक्षण अभियानमा सबै सरोकारवालाको सहयोग गर्नुपर्ने भन्दै गणनापश्चात सालकको संरक्षणमा थप सहयोग पुग्ने बताउनुभयो । 

जिल्ला क्षेत्र भित्र रहेका वन क्षेत्रमा राखिने क्यामेराले सालकले प्रयोग गर्ने वासस्थान र विचरण गर्ने क्षेत्र पत्ता लगाउन मद्यत पुग्ने  जानकारी दिँदै भट्टराईले चितवनवाट सुरु भएको गणना मकवानपुर र गोरखामा समेत गरिने जानकारी दिनुभयो । हरियो वनकार्यक्रमको आर्थिक सहयोगमा सुरु भएको गणनाकार्य क्यामेरा ट्रापिङ विधिबाट अध्ययन गर्न लागिएको अध्ययनका लागि प्राविधिकहरु खटिसकेको उहाँले बताउनुभयो । 

अहिले सम्म नेपालमा सालकको अनुसन्धान, अध्ययन र गाणना भएको छैन । स्तनधारी जनावर सालकको मासु र अन्तर्राष्ट्रिय क्षेत्रमा महंगोमा बिक्रिहुने गरेकाले अबैध व्यापार हुँदै आएको जानकारी दिदै सालकको संरक्षणको आवश्यकताबारे प्रष्ट पार्नुभयो । 

सालकले एक वर्षको किरा धमिरा खान सक्ने क्षमताभएको, जैविक विविध, पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न सालकको ठूलो भूमिकारहेको विज्ञरु बताउछन् । हिन्दूधर्ममा भगवान् शिवको अवतारको रुप मानिन्छ । संरक्षित वन्यजन्तुको सूचिमा रहेको सालकपक्रने, राख्ने वा बेचबिखन गरे ४० हजारदेखि ७५ हजारसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजायहुने कानुनी प्रावधान रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया