MENU

बातावरण-कृषि

ujyaalo forign call inside

उन्नत जातको मकैको बिउ वितरण

रसुवा, फागुन ९ – रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई उन्नत तथा मूल जातको मकैको बिउ वितरण गरिएको छ । 

गाउँपालिकामा मकैको उत्पादन वृद्धिका लागि कृषि विकास शाखाले उन्नत जातको मकैको बिउ वितरण गरेको हो । परम्परागत खेती प्रणालीलाई विस्थापित गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले शाखाले मकैको बिउ वितरण गरेको बताइएको छ ।

शाखाले नौकुण्डमा रहेका ६० जना कृषकलाई बिउ वितरण गरेको जनाएको छ । ५० प्रतिशत अनुदानमा रामपुर कम्पोजिट र अरुण २ जातको १२ सय केजी मकैको बिउ वितरण गरिएको शाखा प्रमुख शम्भुप्रसाद राईले बताउनुभयो । 

गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ६३ लाख बजेट छुट्याइएको छ । कृषि विकास शाखाले दिएको जानकारी अनुसार यो वर्ष अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, गोठ सुधार, तालिम सञ्चालन, माटो जाँच, तरकारीको बिउ वितरण लगायतका कार्यक्रम सञ्चालन हुने छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया