MENU

साहित्य/ कला

ujyaalo forign call inside

विश्व मातृभाषा दिवसमा १० ओटा कृति विमोचन

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, फागुन ९ – विश्व मातृभाषा दिवसको अवसरमा पाँचथरको सदरमुकाम फिदिममा बुधबार सिरिजंगा लिपिमा लिखित दश ओटा कृतिहरु विमोचन गरिएको छ । 

याक्थुङ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा विभिन्न लेखकहरुद्वारा किरात सिरिजंगा लिपिमा लिखित कृतिहरुको विमोचन गरिएको हो । कृतिहरुको कार्यक्रमका प्रमुख अतिथि डा.भरत योङहाङले विमोचन गर्नुभएको थियो  । 

बुद्धहाङ नेम्बाङ सिक्कुम्दिङ याक्थुङ्बाद्वारा  लिखित महाकाब्य मुकुम्लुङ, दिलवीर शेर्मा साम्जिरी सेमीद्वारा लिखित खण्डकाब्य ‘तङमेरे केप्तुबा लिम्बुवान’, मलिशा याक्थुङबाद्वारा लिखित प्रयोगवादी नाटकसंग्रह ‘फुङ नेप्फाङ वे? वे? सेप्माङ’, सागर केरुङद्वारा लिखित नाटक ‘साइमुन्द्री’, ललीतचन्द्र फियाकद्वाारा लिखित नियात्रासंग्रह ‘निङवासुम्बा लाम्दिकलाख’, स्वर्गीय थाम्सुहाङ पुष्प सुब्बाद्वारा लिखित उपन्यास ‘नाम्दुक्वामा फुङ’, लछामी शेर्मा पापोद्वारा लिखित समालोचना संग्रह, यलम्बर मिक्वाद्वारा लिखित उपन्यास ‘मिम्रेन मेल्लुङ’ र साङदाङवा स्मारिकाको विमोचन गरिएको हो । 

यस्तै दिवसकै अवुरमा यस वर्षको ‘श्रीहाङ्मा साहित्यिक पुरस्कार’ ताप्लेजुङका साहित्यकार रणबहादुर मेन्याङ्बो र ‘नाल्बो याक्थुङ दिलमाया पाराङदेन पत्रकारिता पुरस्कार किरात याक्थुङ चुम्लुङको मुखपत्र तान्छोप्पा मासिकका पूर्व सम्पादक तथा हाल रेडियो नेपालमा कार्यरत पत्रकार तिलबिक्रम चेम्जोङलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ताम्रपत्रसहित दश हजार रुपैंयाँ रहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया