MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘जुन लुक्यो आकाशमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, फागुन १० -  गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको ‘जुन लुक्यो आकाशमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतमा हाँस्य श्रृखला टेलिसिरियल भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठले पनि अभिनय गरेकी छिन् ।

भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवरसहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल कलाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् । 

भिडियो अजुर्न सापाकोटाले छायांकन  गरेका छन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया