MENU

साहित्य/ कला

ujyaalo forign call inside

प्रसिद्ध भारतीय नाटककार गिरीश कर्नाडको ‘ययाति’ शिल्पीमा मञ्चन हुँदै

काठमाडौं, फागुन १० –  मानव समुदाय सधैँ सुखसयल र आरामदायी जीवनको खोजीमा रहेको छ । सदियौंदेखि मानिसहरु सुखको खोजीमा ज्ञान–विज्ञान, वन उपवन, मन्दिर–मस्जिद तथा ऋषि मुनिकोमा धाउँदै आइरहेका छन् । 

अहिले त विज्ञान प्रविधि मानव जीवनलाई कसरी सजिलो बनाउने भन्ने खोजमै लागेकाे छ  हरेक दिन नयाँ–नयाँ अविष्कार भैरहेको छ । त्यस्तै हाम्रा पौराणिक धर्मग्रन्थमा पनि दुःख निराकरण  गर्ने विभिन्न उपायहरु सुझाइएका छन् । 

हाम्रो लोक संस्कृतिमा राजा ययातिलाई श्रद्धेय मानिदैन । उनले मानव जीवनको सुखसयल लामो समयसम्म भोग गर्नका लागि आफ्नै छोराको यौवन मागेका थिए । संसारमा सबै चिज नाश्वर छन्  । यसलाई हामीले स्वीकार गर्नैपर्छ तर राजा ययातिले आफूलाई जीवनभर युवकको रुपमा राख्न चाहे । उनमा रहेको यौन आशक्तिले गर्दा नै उनी राजा जनक जस्ता विदेह कहलिन सकेनन् । उनी विद्वान भएकैले उनको  ऋषिमुनिहरु विभिन्न जिज्ञासा लिएर पुग्ने गर्दथे ।

एक पटक तपस्वी अष्टक मानव जीवनका दुःख कष्टहरु कसरी भगाउन सकिन्छ भन्ने जिज्ञासासहित राजा ययातिको पुगे । तपस्वीको जिज्ञासालाई शान्त पार्दै ययातिले भने, ‘दुष्टको अनुकरण गर्न हुँदैन, दुःखमा नआत्तिने, सुखमा नमात्तिने । हे ! अष्टक , म सुखदुःख दुवैको अनित्यता जान्दछु । त्यसपछि मलाई कहाँबाट दुःख होस् ? के गरुँ, कसरी गरुँ, कसी सुखी रहूँ भन्ने चिन्ताले मलाई कहिल्यै सताउँदैन, म यसबाट मुक्त रहेको छु ।’

नाटकमा ययातिको यौवन लिप्सा मात्र होइन, चित्रलेखाको प्रेमाकांक्षा, असुरकन्या शर्मिष्ठाको आत्मपीडन तथा दमित इच्छालाई पनि प्रस्तुत गरिएको छ । 

प्रसिद्ध भारतीय नाटककार गिरीश कर्नाडद्वारा कन्नड भाषामा लेखिएको नाटक ‘ययाति’ मा यस्तै कुरा देखाइएको छ । यसै नाटकको नेपाली रुपान्तरणलाई दर्शकमाझ पस्कँदैछन् अनुवादक तथा निर्देशक टंक चौलागाईले ।

थिएटर प्रज्ञाको प्रस्तुतिमा यो नाटक फागुन १० देखि चैत ३ गतेसम्म बत्तिसपुतलीमा रहेको शिल्पी थियटरमा मंगलबारबाहेक हरेक दिन मञ्चन हुँदैछ । नाटकमा घिमिरे युवराज, प्रकेश सिन्धिुलीय, पवित्रा खड्का, नानी थापा, अर्चना थापा, आंकाक्षा जीसीको अभिनय रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया