MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

फेसबुक नै बुढेसकालको सहारा !

काठमाडौं, फागुन १० – सबैलाई आफ्नो बुढेसकाल कसरी बिताउने भन्ने चिन्ताले सताएको हुन्छ । पछि गएर दुःख पाउँछु कि भन्ने पीरले सबैले पहिले नै जोहो गर्ने गर्दछन् । बुढेसकालका लागि भनेर पहिले कमाएको पैसा पछिका लागि सबैले बचत गर्दछन् । 

नेपालजस्तो देशको गाउँघरमा त संयुक्त परिवारको परिपाटी अहिलेसम्म कायम नै छ । शहरमा त हराइसक्यो भने पनि हुन्छ । संयुक्त परिवारमा भएका वृद्धवृद्धालाई त भुल्ने बाटो नातिनातिना पनि हुन्छन् । तर एकल परिवारमा बस्नेहरुलाई समय कटाउन निकै कठिन हुन्छ । सूचना प्रविधिसँग अभ्यस्त छन् भने त यसो फेसबुक, ट्वीटरमा आँखा डुलाउँदा नि केही समय कट्छ । तर नेपालका अधिकांश वृद्धवृद्धा सूचना तथा प्रविधिसँग अभ्यस्त छैनन् ।

यो त भयो नेपालको कुरा । तर पश्चिमा देशहरुको कुरा गर्ने हो भने बुढेसकालको सहारा लट्ठी नभएर फेसबुक बन्न थालेको छ । बुढेसकाल लागेकाहरु लट्ठी टेक्दै पार्कमा टहलिन जानेभन्दा पनि घरमै बसेर फेसबुकतिर झुम्न थालेको प्रतिवेदनहरुले जनाएका छन् । त्यसो त पार्कमा टहलिनेहरुको हात–हातमा पनि मोबाइल र ट्याब्लेट नै देखिन्छ ।

परिवारबाट एक्लिँदै गइरहेका अमेरिका तथा युरोपमा वृद्धवृद्धाका लागि बुढेसकालमा छोराछोरी, नातिनातिनाभन्दा पनि फेसबुक सहारा बन्दै गइरहेको छ । अब यीनै नातिनातिना त हुन् नि बुढेसकालका सहारा भन्ने दिन गएका छन् । अब त फेसबुक नै बुढेसकालको सहारा भन्नुपर्ने दिन आएको छ ।  

विश्वमा फेसबुकका प्रयोगकर्ता बर्सेनि बढ्दै गइरहेका छन् । पछिल्लो समय  फेसबुक युवाहरुमाझ भन्दा वृद्धवृद्धाहरुमाझ लोकप्रिय बन्दै गइरहेको छ । इ-मार्केटरको प्रतिवेदन अनुसार अमेरिकामा २० लाखभन्दा बढी २५ वर्षभन्दा कम उमेरका मानिसहरु यो वर्ष फेसबुक प्रयोग गर्न छोड्ने अनुमान गरिएको छ ।   

एउटा प्रतिवेदन अनुसार यो वर्ष ७ लाख बेलायती युवायुवतीहरुले फेसबुक कम प्रयोग गर्ने बताइएको छ । यो वर्ष फेसबुक प्रयोग गर्ने युवापुस्ता ५५ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सन् २०१८ मा बेलायतमा १२ देखि १७ वर्ष उमेर समूहका २२ लाखले फेसबुकको प्रयोग गर्ने गरेका छन् । यस्तै १८ देखि ४५ वर्ष उमेर समूहमा ४५ लाख फेसबुको नियमित प्रयोगकर्ता रहेका छन् । 

के फेसबुक वृद्धवृद्धाका लागि हो त ?

इ–मार्केटरको अनुसन्धान अनुसार यो वर्ष फेसबुक प्रयोग गर्ने युवापुस्तामा निकै कमी आएको छ ।

फेसबुकप्रति  युवापुस्ताको रुची घट्दै जानुको मुख्यकारण अन्य सामाजिक सञ्जाल नै हो । पछिल्लो समय युवापुस्ताले स्न्यापच्याटमा बढी चासो देखाएपछि फेसबुकको प्रयोग घटेको हो । प्रतिवेदनका अनुसार यो वर्षमात्रै ५५ देखि ६५ वर्ष उमेर समूहका ५ लाख भन्दा बढी प्रयोगकर्ता फेसबुकमा  जोडिएका छन् । यो वर्षमा ५५ वर्षभन्दा माथि उमेर समूहका ६४ लाख प्रयोगकर्ता बढ्ने अनुमान गरिएको छ । 

अनुसन्धनात्मक संस्था एम्पियरका विश्लेषक रिचार्ड ब्राउटनका अनुसार फेसबुक भिडियो तथा फोटो शेयर गर्न मिल्ने सामाजिक सञ्जाल भएकाले आफ्ना छोराछोरी तथा नाति नातिनी भेट्ने माध्यम भएकाले फेसबुकप्रति वृद्धवृद्धाको आकर्षण बढेको हो । 

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्र प्रवद्र्धन गर्ने जानकारी दिएको छ । जसले गर्दा झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले जनाएको छ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ ।

यति हुँदाहुँदै पनि बेलायतमा फेसबुक लोकप्रिय छ । बेलायतमा मात्रै नियमित फेसबुक प्रयोगकर्ताको संख्या ३ करोड २६ लाख रहेको छ । यस्तै इन्स्टाग्राम प्रयोकर्ता १ करोड ६० लाख, स्न्यापच्याट प्रयोगकर्ता ६० लाख र ट्वीटर प्रयोगकर्ता १ करोड २० लाख रहेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया