MENU

मनोरञ्जन

ujyaalo forign call inside

पूरा हुँदैछ प्रियंकाको चाहना फेरी पनि आयुष्मानको साथ

काठमाडाैं, फागुन १० - अभिनेत्री प्रियंका कार्कीले आयुष्मान देशराज जोशीको प्रेममा परेपछि कामहरु आयुष्मानसँगै गर्ने अडान राख्दै आएको कुरा चर्चामा छ । 

वास्तविक जीवनमा अफेयर भए पछि प्रियंकाले आफ्नो जोडीको रुपमा पर्दामा पनि आयुष्मानलाई नै खोज्ने गरेको प्रसंग एकताका चर्चामा थियो । कतिले त प्रियंकाको यस्तो अडानले उनको करिअर नै डुब्ने अड्कलसम्म काट्न भ्याएका थिए । तर प्रियंकालाई यसले कुनै पनि किसिमको असर पारेको छैन ।

आयुष्मानलाई पर्दामा पनि साथमै देख्ने प्रियंकाको चाहना विस्तारै विस्तारै पूरा हुँदै आएको देखिन्छ ।  पछिल्लो समय प्रियंका उपस्थित हुने स्टेज कार्यक्रमहरुमा निम्ता नै नआए पनि आयुष्मान पुग्ने गरेका छन् ।

केही टिभिसी एड र एनसेलको प्रेम दिवस विशेष विज्ञापनमा समेत यो जोडीले काम गरिसकेको छ । हालै मात्र यो जोडी सिनेमा ‘एउटा यस्तो प्रेम कहानीमा अनुबन्धित भएको छ ।  शिव श्रेष्ठले बनाउन लागेको आगामी सिनेमा ‘एउटा यस्तो प्रेम कहानीमा यी दुईले स्क्रिन सेयर गर्ने भएका हुन् ।

सिनेमामा आयुष्मानले सामाजिक कार्यमा समर्पित एक युवाको भूमिका निर्वाह गर्ने भएका छन् भने उनको जोडीको रुपमा प्रियंकालाई नै देख्न पाइने भएको छ । यो सिनेमामा वर्षा राउत र संजोग कोइरालाको जोडी पनि प्रस्तुत हुने भएको छ । यो जोडी पनि विगत ६ वर्षदेखि एक अर्काको प्रेममा छ ।

सिनेमामा दिलिप रायमाझी, भुवन केसी, करिष्मा मानन्धर, निरुता सिंहलगायतका कलाकारको पनि अभिनय रहने भएको छ । यही महिनाबाट फ्लोरमा जाने भनिएको सिनेमाको कथा निर्माता शिव आफैँले लेखेका हुन् ।  सिनेमामा उनको अतिथि भूमिकामा रहने छ । 

- उज्यालो र गफगाफ डटकमको सहकार्य 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया