MENU

मनोरञ्जन

ujyaalo forign call inside

फ्राइडे सिनेमा : ‘पञ्चे बाजा’ र ‘साढे ७’ सँगै ‘पिटर र्‍याबिट’

काठमाडौं, फागुन ११ – शुक्रबारबाट नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘पञ्चे बाजा’ र ‘साढे ७’ सँगै हलिउड चलचित्र ‘पिटर र्‍याबिट’  प्रदर्शनमा आएका छन् । 

घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘पञ्चे बाजा’ मा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, श्रीजना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोलालगायतले अभिनय गरेका छन् ।

चलचित्रलाई हरि घले लामाले छायांकन गरेका हुन् भने चलचित्रका निर्माता राजेश शाही हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रमा कालिप्रसाद बास्कोटा र विकाश चौधरीले संगीत भरेका छन् भने राजकुमार उप्रेतिले द्वन्द निर्देशन गरेका छन् ।

त्यस्तै, शुक्रबारबाटै प्रदर्शमा आएको अर्को घरेलु चलचित्र ‘साढे ७’ मा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरसिया, सुप्रिया कट्वाललगायतको अभिनय रहेको छ । 

अनिश तामाङले छायांकन गरेको यो चलचित्र द्वन्दकालमा राजनीतिक रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्दमा आधारित छ । चलचित्रमा फोटो पत्रकारको भूमिकामा सत्यराज आचार्य देखिएका छन् । उनले यो भूमिकाको लागि निकै मिहिनेत गरेका छन् ।

सुनिल थापा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोसको अभिनय रहेको यस चलचित्रका निर्माता साम्तेन हुन् । 

यी दुई घरेलु चलचित्रसँगै हलिउड चलचित्र ‘पिटर र्‍याबिट’ पनि प्रदर्शनमा आएको छ । ‘पिटर र्‍याबिट’ एनिमेटेड चलचित्र हो ।

चलचित्र विल ग्लकले लेखेका हुन् भने ग्लककै निर्देशन चलचित्रमा रहेको छ । चलचित्र एक्सन तथा एड्भान्चर, कमेडी, एनिमेसन जेनरामा निर्माण गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया