MENU

बातावरण-कृषि

ujyaalo forign call inside

म्याग्दीमा वर्षेबालीको उत्पादन बढ्यो, हिउँदेबाली घट्ने सम्भावना

प्रताप बानियाँ/उज्यालो ।  

म्याग्दी, फागुन १३ – उच्च पहाडी जिल्ला म्याग्दीमा यसवर्ष वर्षेबालीको उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यो वर्ष खाद्यान्न, दलहन, तेलहन, आलु, हिउँदे तथा वर्षे र तरकारीलगायतका बालीहरुको उत्पादन बढ्न गएको हो ।

गतवर्ष भन्दा चालु आर्थिक वर्षमा वर्षे बालीहरुको उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा विभिन्न बालीहरुले ढाकेको क्षेत्रफल तथा उत्पादन एवं उत्पादकत्वको आधारमा वर्षे बालीको उत्पादन बढेको कृषि कार्यालयको तथ्याङ्क रहेको छ । 

गएको वर्षमा वर्षे र चैते धान गरी कुल १२ हजार ४ सय ७२ दशमलव ९ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष १३ हजार ९ सय ७५ दशमलव ९ मेट्रिक टन उत्पादन भएको कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो  । यसैगरी गएको वर्ष ०७३÷७४ मा गहुँ वालीतर्फ ६ हजार ७ सय ६८ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ७ हजार ६ सय ६० मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

मकैतर्फ गएको वर्ष ३१ हजार ७ सय ४६ मेट्रिक टन उत्पादन भएको छ भने यसवर्ष ३२ हजार ६ सय ९८ दशमलव ३८ मेट्रिक टन उत्पादन भएको वागवानी विकास अधिकृत थापाले बताउनुभयो । कोदो बालीतर्फ गएको वर्ष ३ हजार ५ सय ७३ दशमलव ४८ मेट्रिक टन उत्पादन भएकोमा यसवर्ष सोही परिमाणमा उत्पादन भएको छ । जौतर्फ ३ सय ९५, फापर १ सय ४८ उवा १ सय ९० मेट्रिक टन उत्पादन भएको उहाँको भनाइ छ ।

दलहन बालीतर्फ कुल ९ सय ७० दशमलव ३ प्रतिशत क्षेत्रफलमा गएको वर्ष १ हजार १ सय १७ दशमलव ९२ मेट्रिक टन उत्पादन भएकोमा चालु वर्षमा १ हजार १ सय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । दलहन बालीतर्फ मुसुरो, मास, भटमास, गहत, केराउ, बोडी र छिर्के – मिर्के सिमी उत्पादन भएको थियो । त्यस्तै, तेलहन बालीतर्फ यसवर्ष तोरी २ सय ४७, उखु १ सय ६९ दशमलव २५, आलु १६ हजार ८ सय ६९ र तरकारी ११ हजार ७२८ मेट्रिक टन उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । 

यस वर्षको हिउँदे बालीमा मौसम प्रतिकुल हुनु, समयमा पानी नपर्नु, लामो खडेरी पर्नुलगायतका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि प्राविधिकहरुले बताएका छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया