MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

नाइजेरियामा बोको हरामका पाँच लडाकू मारिए

फागुन १३ – नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा पाँचजना लडाकू मारिएको जनाएको छ । देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । 

उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्नो राज्यको राजधानी मैडुगुरीस्थित एक स्थानमा बोको हरामका पाँच जना लडाकू मारिएको पुष्टी सैन्य प्रवक्ता ओन्येमा न्वाचुक्वुले गरे ।

उनले साम्बीसा जंगलनजिकै परिसु भन्ने ठाउँमा गोलीलागि शुक्रबार उनीहरुको मृत्यु भएको पनि जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । 

बोको हरामका लडाकूहरुलाई कारबाही गर्नका लागि सैन्य टोली गत बिहीबार देखि नै घटनास्थलमा खटिएको न्वाचुक्वुले बताए । नाइजेरियाको उत्तरपूर्बी क्षेत्रमा छुट्टै मुश्लीम राज्य स्थापना गर्ने भन्दै बोको हरामका लडाकूहरुले सन् २००९ देखि संघर्ष गरिरहेका छन् । 

उनीहरुको अहिलेसम्मको संघर्षका कारण झण्डै २० हजार जनाको मृत्यु भइसकेको छ भने अरु लाखौं विस्थापित भएका छन् । –रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया