MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘रामकहानी’ मा जीतु नेपाल भिलेन !

फागुन १४ – गएको बिहिबारदेखि जितु नेपाल र मनोज गजुरेलसहितको टोलीले कमेडी यात्रा सुरु गरेका छन् ।

यात्रामा जितु र गजुरेलका अलावा गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, हाँस्यकलाकारहरु रवि डंगोल, जानुका पौडेल लगायत छन् ।  दाङको घोराहीबाट सुरु भएको यात्रा, बर्दिया, महेन्द्रनगर, धनगढी, कैलाली हुँदै १७ गते नेपालगञ्ज आएर यात्रा टुंगिने छ ।

जितु पोखरामा भैरहेको ‘रामकहानी’को केही छायाँकन सकाएर यात्रामा निस्केका हुन् । प्रस्तुत छ यसैको सेरोफेरोमा नेपालसँग गरिएको कुराकानी :

जितु जी अचानक पश्चिम नेपाल किन ?

गोल्डेन ओर्क कमेडी यात्राको क्रममा ४ दिन भो म यतातिर आइपुगेको । अचानक भन्दा पनि पहिले नै मेरो कार्यक्रम तय भएको थियो । त्यसैले पश्चिममा छु यति बेला ।

कति समय बस्नु हुन्छ पश्चिम नेपालमा ?

गोल्डेन ओक कमेडी यात्रामा हामी फागुन १७ गते सम्म पश्चिम नेपालमा हुन्छौँ भने १८ गते काठमाडौँमा हुन्छु । यस पटक गोल्डेन ओक कमेडी यात्राको पहिलो चरणमा सुदूरपश्चिम र मध्यपश्चिमका केही प्रमुख शहरहरुमा कार्यक्रम रहने छ ।

 त्यसको  दुई–तीन दिन आराम गरेर २३ गते कतारमा २४ गते नेपालमा, २४ गते कै राति हङकङ प्रस्थान गर्ने कार्यक्रम छ ।

निकै व्यस्त पो हुनु भयो त ?

अब सिजन नै यति बेला हो (हाँसो) । सिजन भएको बेला भटाभट काम गर्नै पर्यो ।

तपाईँ त ‘रामकहानी’को छायांकनको लागि पोखरामा हुनुहुन्थ्यो होइन र ?

हो हो । म ४ दिन अगाडि सिनेमा ‘रामकहानी’को छायांकनको लागि पोखरामा थिएँ । तीन दिनको छायांकन गरेर त्यतैबाट पश्चिममा कमेडी यात्राको लागि आएँ ।

कस्तो रह्यो तीन दिनको ‘रामकहानी’को छायांकन अनुभव ?

एकदमै राम्रो रह्यो । सुदर्शन थापा जी त असाध्यै राम्रो निर्देशक हुनुहुँदो रहेछ । जे कुरा पनि हाँसी–हाँसी भन्नुहुँदो रहेछ । रमाइलो वातावरणमा कलाकारलाई काम गर्ने माहोल बनाउन पनि खप्पिस हुनुहुँदो रहेछ ।

कति दिनको छायांकन सेडयुल हो तपाईँको ?

‘रामकहानी’मा १० दिनको सेड्युल हो । अब म कार्यक्रमबाट फर्किए पछि ‘रामकहानी’को टोली पनि काठमाडौँमा फर्किने योजनामा छन् । आए पछि बाँकी छायांकन गर्ने हो । 

‘रामकहानी’को छायांकन स्थलबाट तपाईंको फरक गेटअपसहितको फोटो आएको थियो, खास तपाइं सिनेमामा त्यही गेटअपमा देखिँदैँ हुनुहुन्छ ?

(हाँसो) मैले सिनेमाको लागि अलि फकर गेटअप दिउँ भनेर जुङ्गा दाह्री पालेको थिएँ ।

खासमा सिनेमामा म अलिक नकारात्मक भूमिकामा देखिँदैछु । त्यसैलाई सुहाउँदो फुलेको दाह्रीसहितको गेटअफ बनाएको थिएँ । सुदर्शन जी ले दाईलाई धेरै बुढो देखियो भन्नुभएपछि मैले फालेँ । सिनेमामा त्यो गेटअप छैन नी ।

तपाईँको दाह्री साँच्चै फूलेको हो कि रंग्याउनु भएको  ?

(हाँसो) । कहाँबाट मेरो दाह्री त्यति फुलेको छ र ? सेटमै हल्का रंग्याएको मात्रै हो ।

पोखरामा हुँदै तपाईँ ‘छक्का पञ्जा ३’ को स्क्रिप्ट लेख्न बस्नुभयो भन्ने समाचार पनि आएको थियो ?

हो हो । दीपकराज गिरी, केदार घिमिरे, यमनश्रेष्ठ अनि मलगायतका साथीहरु स्क्रिप्ट लेखनमा राम्रैसँग जुट्यौँ । ‘छक्का पञ्जा ३’को लगभग ९० प्रतिशत स्क्रिप्टको काम सकिएको छ । अब बाँकी काम पनि छिट्टै सकाउनेछौँ । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया