MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​श्रीदेवीको मृत्यु पानीमा ‘डुबेर’ !

फागुन १४ – बलिउडकी फिमेल सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको सर्टिफिकेटमा श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको बताइएको छ । 

चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । उनी आफ्नो भतिजाको विवाहमा सहभागी हुन श्रीमान बोनी कपूर र सानी छोरी खुशी कपूरका साथ दुबई दिन गएकी थिइन् । गल्फ न्यूजका अनुसरा दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासलाई दिएको प्रतिवेदन अनुसार ‘दुर्घटनावश डुबेकै’ कारण श्रीदेवीको निधन भएको जनाएको छ ।

 

अहिलेसम्म श्रीदेवीको पार्थिव शरीर भारत ल्याइएको छैन । पोस्टमार्टम रिपोर्ट र अन्य औपचारिकता पूरा गरेपछि मात्रै उनको पार्थिव शरीर भारत ल्याइनेछ । यसअघि श्रीदेवीको मृत्यु आकस्मिक हृदयघातका कारण भएको बताइएको थियो । 

५४ वर्षीया श्रीदेवीले आफ्नो पाँच दशकको फिल्मी यात्रामा झण्डै तीन सय फिल्ममा काम गरेकी छिन् । उनको जन्म अगस्ट १३, १९६३ मा तामिलनाडुमा भएको थिए । उनले चार वर्षको उमेरमै तामिल फिल्म ‘कंधन करुणई’ बाट अभिनय यात्रा सुरु गरेका थिए । 

सन् १९८० को दशकमा हिन्दी सिनेमामा आफ्नो करिश्मा देखाएकी थिइन् । हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीनाजस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । उनलाई लेडी अभिताभ बच्चनका नामले पनि चिनिन्छ । 

सन् २०१७ मा श्रीदेवीको फिल्म ‘मम’ रिलिज भएको थियो । फिल्मी क्षेत्रमा योगदान पुर्याएका कारण श्रीदेवीलाई पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । बोनी कपूरसँग सन् १९९६ मा विवाह गरेपछि फिल्मी क्षेत्रबाट टाढिएकी श्रीदेवी सन् २०१२ मा चलचित्र ‘इंग्लिस विंग्लिस’ बाट पुनरागमन गरेकी थिइन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया