MENU

मनोरञ्जन

ujyaalo forign call inside

​दोहोरीमा र्‍याप हान्दै खुमनले तताए सुन्दरबजार !

श्यामशितल परियार/उज्यालो ।       

लमजुङ, फागुन १४– लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसको खेल मैदानमा सञ्चालन भएको आठौँ सुन्दरबजार महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी आउने खबर पाएसंगै उलेख्य संख्यामा दर्शकहरु आएका थिए ।

उनको सांगीतिक प्रस्तुति हेर्नका लागि व्यग्र प्रतिक्षामा थिए, लमजुङे नागरिक । जब साँझ ५ बजेतिर चर्चित लोक दोहोरी गायक अधिकारी मञ्चमा उक्लिए, दर्शक दीर्घाबाट ताली वर्षियो । मञ्च उक्लिने बित्तिक्कै खुमनले आफ्नो चर्चित गीत गुनगुनाए, ‘त्यो मन रुन्न होला र ......!’ लगत्तै अर्को गीत गाए, ‘आफ्नो काम गरेर तल परिन्न......’ उनले म त लाहुरे गोर्खा पल्टनको....मत फेन्सी पसल खोल्छु....., माया मुटु नै हल्लियो..., हानहान दोहोरीमा र्याप’ भन्ने गीत गाउँदा नाच्नेको धुइरो नै लागेको थियो ।   

खुमनको प्रस्तुति निकै मन पराए लमजुङेले । उनले मञ्चमा गाउँदै, नाच्दै एक घण्टा बढी समय बिताए । लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा सञ्चालन भएको आठौँ सुन्दरबजार महोत्सवको दोश्रो दिन गायक प्रकाश समूत, गायिका निशा लामा, निरा राना मगरले पनि आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए ।

महोत्सवको तेश्रो दिन मंगलबार गायक प्रकाश कटुवाल, बालचन्द्र बराल, शान्तिश्री परियार, मोडल एलिना रायमाझीलगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर झण्डै २ करोड बढिको आर्थिक कारोवार गर्ने लक्ष्य लिइएको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया