MENU

बातावरण-कृषि

ujyaalo forign call inside

दुइटा भाले गोही फेला परेपछि संरक्षणकर्मी उत्साहित

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, फागुन १४ – प्राकृतिक बासस्थानमा गोही लोप हुँदै गएको छ । निकुञ्जको सकृयतामा खोजी गर्ने क्रममा राप्ती नदीमा दुईवटा भाले गोही फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताउनुभयो । 

त्रिवेणी नजिकै नारायणी नदीको भेलौजी भन्ने ठाउँमा र राप्ती नदीको सौराहा घाटमा  भाले गोही फेला परेको जानकारी दिँदै उहाँले  यीसँगै नारायणी र राप्ती नदीमा गरी भाले गोहीको संख्या तीनवटा पुगेको बताउनुभयो । 

दुर्लभ भाले गोही मरेपछि लामो समय भालेविहीन भएको चितवनमा दुई वटा भाले गोही फेला परेपछि संरक्षणकर्मी उत्साहित भएका छन् । भाले गोहीविहीन भएपछि भारतबाट ल्याउने तयारी भइरहेको समयमा दुईवटा भाले गोही फेला परेपछि संरक्षणकर्मीहरु उत्साहित भएका हुन । 

चितवनको राप्ती र नारायणी नदीमा लामो समयसम्म खोजी गर्दा भाले गोही फेला नपरेपछि बर्दियाको बबई नदीबाट गएको पुस ८ गते भाले गोही ल्याएर नदीमा छाडिएको थियो  । निकुञ्जले चितवनका नदीमा गोही प्रजननका लागि भारतबाट भाले गोही ल्याउने प्रकृया अगाडि बढाएको थियो । 

चितवनको राप्ती र नारायणी नदीमा लोपोन्मुख अवस्थामा पुगेको घडियाल गोहीको गणनासमेत भइरहेको छ । चितवनको नारायणी र राप्ती नदीलाई ११ भाग लगाएर ११ वटा टोली परिचालन गरिएको छ ।

वर्षामा आउने बाढीले वन्यजन्तु र जलक्षेत्रमा बस्ने जीवजन्तुको वासस्थान प्रभावित भई बगेर भारत पुगेको र मृत्युसमेत भएको पाइएकाले यसपटकको गणनामा गोहीको वास्तविक अवस्था पत्ता लगाउने खड्काले बताउनुभयो । 

गएको वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन भएको थियो । 

तीनवटा भाले गोही भएपछि गोहीको प्रजनन्मा समस्या नआउने बताउँदै खड्काले थप भाले गोहीको खोजी कार्य जारी रहने बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया