MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

‘श्रीदेवीको शरीरको होइन, करिअरको पोस्टमार्टम गरिनुपर्छ’

फागुन १५ – चर्चित अभिनेत्री श्रीदेवीको निधनको खबर सामाजिक सञ्जालमा आइतबारदेखि चर्चामा रहेको छ । 

सोमबार दुबई प्रशासनले फोरेन्सिक रिपोर्ट जारी गर्दै श्रीदेवीको निधन बाथ टबमा डुबेर भएको जनाएको छ । रिपोर्टका अनुसार मदिराको नशाले गर्दा चक्कर लागेर श्रीदेवी बाथटबमा खसेकी थिइन् । 

यसभन्दा पहिले सबै मिडियाले श्रीदेवीको निधन आकस्मिक हृदयघातका कारण भएको जनाएका थिए । यसै विषयलाई लिएर सामाजिक सञ्जालमा मिडियाको निकै आलोचना भैरहेको छ । त्यस्तै अर्कोतर्फ अभिनेत्री श्रीदेवीको निधनलाई शंकास्पद भएको भन्दै ट्वीटरमा SrideviDeathMystery  ट्रेन्डिङ टपिक बनेको छ । 

श्रीदेवीको निधनका बारेमा आएको फोरेन्सिक रिपोर्टमा एउटा हिज्जेको गल्तीको जिकीर गर्दै यसलाई सामाजिक सञ्जालमा मानिसहरु शेयर गरिरहेका छन् । रिपोर्टमा डुबेर भन्ने  कुरालाई Drawning लेखिएको छ जबकि लेख्नुपर्ने थियो Drowning। यसैलाई लिएर पनि सामाजिक सञ्जालमा सवाल उठाउनेहरु छन् । 

यस घटनालाई लिएर भारतीय न्यूज च्यानल तथा अनलाइनमा जसरी कभरेज भयो त्यसको पनि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । फेसबुकमा तरुण चुग लेख्छन्, ‘श्रीदेवीको निधन जुनसुकै कारणले भएको होस्, पत्रकारले पत्रकारिताको मान्यता नै बिर्सिए ।’

वरिष्ठ भारतीय पत्रकार हरिंदर बावेजाले ट्वीट गर्दै सहकर्मी सञ्चारकर्मीहरुलाई नसीहत दिएकी छिन्, ‘के हामी श्रीदेवीको विषयमा आफ्नो रिपोर्टिङमा अझै मनवीय हुन सक्छौँ र अटोप्सीमा ढिलाई, ब्लड सेम्पल पेन्डिङ, मृत्यु प्रमाणपत्र जारी हुने... जस्ता कुराबाट बच्न सक्छौँ...(मिडियामा) श्रीदेवीको करिअरको पोस्टमार्टम हुनुपर्छ, शरीरको होइन ।’

सामाजिक सञ्जालमा आएका केही प्रतिक्रियाहरु

विनय दुबे । @vinay053

हृदयघातबाट निधन हुनुमा र डुबेर निधन हुनुमा धेरै फरक हुन्छ । किन मिडियामा श्रीदेवीको हृदयघातका कारण निधन भन्ने खबर पहिले कसरी आयो ?

अन–भद्रलोग बंगाली । @goonreel

गल्फ न्यूजमा छापिएको श्रीदेवीको निधनसँग सम्बन्धित फोरेन्सिक रिपोर्टलाई गम्भीरताका साथ लिइनु आवश्यक छैन । आज नौ बजेपछि यी प्रसिद्ध डाक्टरको वास्तविक चिरफार गरिनेछ, त्यो पनि लाइभ ।

गिरीश मालवीय ।  facebook/girish.malviya.16

श्रीदेवीको असामयिक निधन दुखद छ तर अखबार तथा न्यूज च्यानलमा उनको निधनका बारेमा यो दुई दिनमा जति कभरेज भयो, यदि एक वर्षमा त्यसको आधा मात्रै भए पनि किसानका आत्महत्याका बारेमा कभरेज भएको भए सरकारको कानमा पुग्ने थियो ।

मोहम्मद असगर । facebook/mohd.asgar.969

म अचम्मित छु कि अहिलेसम्म सम्पूर्ण च्यानल प्यानल डिस्कसन गरिरहेका छन् । कोही श्रीदेवीको बाथटबको नजिक पुगेर ग्राउण्ड जिरो रिपोर्ट देखाउँदै किन वाहवाही लुटिरहेको छैन । 

गोबरजी । @GobarjiTweets

श्रीदेवीको निधनसँग जोडिएको विषय नै प्रमाण छ कि हाम्रा मिडिया अफवाहबाज बनिसकेका छन् । मिडियासँग हामीलाई बताउन साँचो कुरा केही पनि छैन ।

-सत्याग्रह डट स्क्राेल डट इनबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया