MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​विगतले हैन वर्तमानले अर्थमन्त्रीको मूल्याङ्कन हुनेछ

अर्थविद डा.युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएपछि त्यसको तरङ्ग सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा मात्र होइन चोक र चियापसलमा पनि देखिन्छ । दुइपटक योजना आयोगको उपाध्यक्ष अनि एकपटकको गभर्नर बन्दा गरेका राम्रा कामले अर्थमन्त्रीका रुपमा पनि उहाँले राम्रो काम गर्न सक्ने आशा त्यसमा जोडिएको छ । 

देशको अर्थतन्त्र राम्रो अवस्थामा नरहेको बेला  मन्त्रालय सम्हाल्न आइपुगेका डाक्टर खतिवडाले अर्थतन्त्रलाई सम्हाल्ने र सही बाटो देखाउने आशा र विश्लेषण गर्नेहरु धेरै छन् । उहाँले, त्यसलाई जोगाउन सक्ने हो भने त्यो आशा यथार्थमा परिणत हुनेछ पनि तर मुख्य कुरा के हो भने योजना आयोग वा गभर्नर र अर्थ मन्त्रालयको चरित्र र दायरा उस्तै उस्तै लाग्ने तर फरक विषय हुन् । 

अर्थमन्त्रीको दायित्व

वाम गठबन्धनले ३ वर्षमा एक घर एक रोजगारी र १० वर्षमा सबैलाई रोजगारी, १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने र सडक तथा रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेका छन् । १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने र मध्यम आय भएको देश बनाउने वाम गठबन्धनको घोषणापत्र उहाँको आगामी कार्यकालको मुख्य मार्गनिर्देशक दस्ताबेज हुनेछ । 

राज्यको निर्देशक र सिद्धान्त अनुसार श्रोतसाधनको अधिकतम परिचालन गरी तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकासको लक्ष्य भेट्टाउनु पर्नेछ । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर तथा उन्नतिशील बनाउदै समाजवादोन्मुख समृद्ध अर्थतन्त्रको विकास गर्न उहाँले गहन भूमिका निर्वाह गर्नुपर्नेछ । 

राज्यले स्वीकारेको तीन खम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीलाई समन्वय गर्दै दीर्घकालिन राणनीति बनाएर अस्थिर अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने मुख्य दायित्व उहाँमा छ ।

पहिलोपटक संघीयताको अभ्यास गरिरहेको देशले संघीयताको खर्च धान्नै नसक्ने आशंका छ । कतिपयले त खर्चै धान्न नसकेर संघीयता विघटन हुने हो कि भन्ने टिप्पणी र खतरासमेत औल्याउन थालेको अहिलेको अवस्थामा संघीयताका कारण बढेको खर्च र खर्चको बाँडफाँडमा यसअघिका कुनै अर्थमन्त्रीले नगरेको  कामको क्षमता परिक्षण अर्थमन्त्रीको हुनेछ । संघ, प्रदेश र स्थानीय तहमा हुने खर्च र त्यसको जोहोमा पनि उहाँले काम गर्नु पर्नेछ । 

अर्थ सम्बन्धी काम गरेको धेरै अनुभव र ज्ञान भएपनि अर्थ मन्त्रालयको जिम्मेवारी सहजरुपमा निर्वाह गर्न उहाँलाई सजिलो देखिदैन । विगतमा गरेको राम्रो काम र विषय विज्ञता सफलताका लागि पर्याप्त आधार होइनन् । यिनिहरुले आशा गर्ने ठाउँ मात्र दिने हुन् । विगतमा अरु पृष्ठभूमीबाट बनेका अर्थमन्त्रीले पनि राम्रो गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास छन् । 

जोखिम लिन अनि बोल्न भन्दा गर्न रुचाउने तथा प्रष्ट धारणा बनाएर अघि बढ्ने स्वभाव भएका डाक्टर खतिवडालाई अरुका कुरा नसुन्ने जिद्दि ब्यक्तिका रुपमा पनि ब्याख्या गर्ने गरिन्छ । अर्थ मन्त्रालय धेरै क्षेत्र निकाय ब्यक्ति र संस्थासंग समन्वय गर्नुपर्ने र टीममा काम गर्नुपर्ने ठाउँ हो ।

अर्कातिर, अर्थमन्त्रालय जस्तो राजनीतिक दबाब र प्रभाव असाध्यै झेल्नुपर्ने मन्त्रालयमा उहाँले आफ्नो कम मात्र राजनीतिक पृष्ठभूमिको प्रयोग कसरि गर्नुहुने हो त्यसले पनि धेरै आशा गरिएका अर्थमन्त्रीलाई सफल बन्ने बाटो तय गर्नेछ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया