MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

फागुन १५ – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ । यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हेले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उनलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् । 

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । यो मुद्दामा गएको झण्डै एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गएको वर्षको मार्च महिनामा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । यस मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोेच्च अदालतमा जारी छ । उनलाई गएको वर्षदिनदेखि प्रहरी हिरासतमा राखिएको छ । 

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि पहिलो राष्ट्रपति नै हुन् ।

– रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया