MENU

मनोरञ्जन

ujyaalo forign call inside

प्रियंकालाई ‘शत्रु गते’को ‘बर्थ डे’ सरप्राइज

काठमाडौं, फागुन १५ – मंगलबार अभिनेत्री प्रियंका कार्कीको ३१ औँ जन्मदिनमा पुल्चोकको ब्रिक्स क्याफेमा केक काटिएको छ । उनको जन्मदिनमा सिनेमा ‘शत्रु गते’को टिमले सरप्राइज ‘बर्थ डे’ केक काटिदिएको हो । 

जन्म दिन विशेष कार्यक्रममा प्रियंका प्रेमी आयुष्मान देशराज जोशी, बुवा भुपेन्द्र कार्की र सानी आमाको साथमा उपस्थित भएकी थिइन् । प्रियंकाकी आमा भने विशेष कारण कार्यक्रममा उपस्थित हुन सकेकी थिइनन् ।

प्रियंकालाई ‘शत्रु गते’को टिमले जन्मदिनको उपहार स्वरुप एउटा तस्बिर दिएको छ । सिनेमामा पुलिसको भूमिकामा रहेकी प्रियंकालाई यही गेटअपको एक तस्बिर फ्रेममा राखेर उपहार दिइएको  हो ।

कार्यक्रममा ‘शत्रु गते’का प्रस्तुतकर्ता किरण केसीले प्रियंकालाई ठट्यौली पारामा छिट्टै नै विवाहको भोज खान पाइयोस् भन्दै जन्मदिनको शुभकामना दिएका थिए ।  कार्यक्रममा उपस्थित प्रियंकाका बुवा भुपेन्द्र कार्कीले भने छोरीको विहे कहिले ? भन्ने पत्रकारको प्रश्न छल्दै सानी आमालाई अगाडि सारेका थिए । उनले प्रियंकाको विवाहबारे धेरै बोल्न चाहेनन् । 

उता कार्यक्रममा प्रियंकालाई जन्म दिनको शुभकामना दिँदै प्रेमी आयुष्मानले भने समय आएपछि विवाह हुने बताए । कार्यक्रममा दीपाश्री निरौला, प्रदीप भट्टराई, मोहितवंश आचार्य, सुदन केसीलगायतको पनि उपस्थिति थियो ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया