MENU

अर्थ

ujyaalo forign call inside

​नयाँ अर्थमन्त्रीलाई शेयर बजारको स्वागत

काठमाडौं, फागुन १५ – शेयर बजार परिसुचक नेप्से धेरै दिनपछि मंगलबार बढेको छ । नयाँ अर्थमन्त्री नियुक्त भएपछि कारोबार भएको पहिलो दिन मंगलबार नेप्से ५ दशमलव ८६ अंकले बढेर १३ सय ६५ विन्दुको नजिकै पुगेको हो । नेप्से सोमबार नेप्से १५ दशमलव ७८ अंकले घटेको थियो । 

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएको दिन बढेपनि त्यसपछि नेप्से लगातार ओरालो लागेको थियो । आज सवैभन्दा धेरै होटल समुह ३१ अंकले उकालो लागेको छ भने अन्य समुह झण्डै १२ अंकले बढेको छ । त्यस्तै बैकिङ समुह ५ दशमलव ८६, वित्त ३, र लघुवित्त समुह झण्डै १ अंकले बढेको छ । 

मंगलबार समग्र नेप्से बढे पनि विकास बैक, जलविद्युत, विमा र उत्पादन समुह भने घटेका छन् । उत्पादन समुह १० दशमलव ४ अंकले घटेको छ । ५५ करोड ६८ लाखको शेयर किनबेच भएकोमा मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ करोड ७१ लाखभन्दा धेरैको कारोबार भएको छ । नेपाल लाइफको प्रवद्र्धक शेयर पनि मंगलबार साढे ५ करोड रुपैयाको किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया