MENU

अर्थ

ujyaalo forign call inside

२९ हजार मेगावाट जलविद्युत आयोजना थपिँदै


काठमाडौं, फागुन १५ – जल तथा उर्जा आयोगले नेपालमा झण्डै २९ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको चरणमा रहेको जनाएको छ । आयोगले पछिल्लो पटक तथ्यांक सार्वजनिक गर्दै २८ हजार ८ सय २३ मेगावाटका जलविद्युत आयोजना निर्माणको क्रममा रहेको जानकारी दिएको हो । 

आयोगले नेपालको कुल जलविद्युत क्षमता ८२ हजार ८ सय मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ । जस अनुसार कुल क्षमताको ४० प्रतिशत योजना निर्माणको विभिन्न चरणमा रहेको पाइएको छ । आयोगले नदी बेसिनका आधारमा जलविद्युतको क्षमता मापन गरेको हो । 

यसको पूर्ण प्रतिवेदन आउन अझै केही समय लाग्ने आयोगले जनाएको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागले १३ हजार ९ सय ५० मेगावाट क्षमताका जलविद्युत आयोजनालाई सर्वेक्षणको र ४ हजार ४ सय ३० मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया