MENU

बातावरण-कृषि

ujyaalo forign call inside

बाच्छी मात्र जन्माउने गाई !

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन १५ फागुन – गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्ला । तर अचम्म मान्नु नपर्ने भएको छ । नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रभावकारी बन्दै गएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको देखिएको हो । 

उन्नत जातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो प्रविधि नेपालमा ल्याइएको थियो । अमेरिकाबाट भित्र्याएको बाच्छी मात्रै जन्माउने विर्यको प्रयोग नेपालमा सफल भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा.माधव आचार्यले बताउनुभयो ।

दुई वर्ष अगाडिदेखि रामपुरमा रहेको गाई अनुसन्धान केन्द्रमा यस्तो विर्यमा प्रयोगमा ल्याइएको जानकारी दिँदै उहाँले ५० वटा गाईमा परीक्षण स्वरुप विर्य प्रयोग गरिएकोमा सफल भएको बताउनुभयो । सतप्रतिशत सफल भएको छ उहाँले भन्नुभयो, ‘बाच्छी मात्र जन्माउने प्रविधि प्रति कृषकको चासो बढ्दै गएको छ ।’ 

अनुसन्धान केन्द्रसँगै नेपालको राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरासहित केही व्यवसायीक फर्महरुले यो विर्य प्रयोग गरिरहेको जानकारी दिँदै उहाँले यो विर्य रहने मात्र २५ प्रतिशत रहेकाले यसमा सुधार ल्याउन प्रयास भैरहेको बताउनुभयो । रामपुरमा यो विर्य होलस्टेन गाईहरुमा प्रयोग गरिएको थियो । एउटा गाईमा यो विर्य दुई÷तीन पटक प्रयोग गर्नुपर्ने अवस्था रहेकोले अहिले प्रयोगमा केही महंगो भएको उहाँले बताउनुभयो । ‘यो विर्य गाईमा एक पटक प्रयोग गर्दा ८ सय रुपैयाँ लाग्छ’ उहाँले भन्नुभयो, ‘कृतिम गर्भाधान गरी विर्यलाई गाईमा लगाइन्छ ।’

यस्तो विर्य प्रयोगबाट जन्मिएका बाच्छीको तौल निकै राम्रो हुने र गाई दुध समेत धेरै दिने जानकारी दिदै उहाँले जन्मदैको बाच्छी ४४ किलोको र दुध दैनिक २६ लिटर सम्म हुने गरेको जानकारी दिनुभयो । अन्य विर्य प्रयोग गरी जन्मीएका वाच्छीको तौल १७ किलो र ब्याएका गाईले १५ लिटर हाराहारीसम्म दुध दिने गरेका छन् । 

यस्तो विर्य बाहिरबाट भित्र्याउन पर्दा प्रविधि भने महंगो भएकोले नेपालको पोखरामा आफैँ विर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिँदै उहाँले विर्यमा हुने एक्स क्रोमोजमले बाच्छा र वाई क्रोमोजमले बाच्छी जन्माउने गर्दछ । बाच्छी मात्र जन्माउने  यो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । यस प्रविधि अन्तर्गत संकलित साँढेको विर्यलाई वाई वाई क्रोमोजम छुट्याएर प्रयोगमा ल्याइन्छ । नेपालमा ७२ लाख ४१ हजार गाई पालिँदै आएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया