MENU

मनोरञ्जन

ujyaalo forign call inside

३१ लागिन् प्रियंका, यस्तो छ उनको सिने करिअर र प्रेम जीवन

काठमाडौं, फागुन १५ – विक्रम सम्वत् २०४४ साल फागुन १५ गते बुवा भुपेन्द्र कार्की र आमा रक्षा मल्होत्रा कार्कीको जेठो सन्तानको रुपमा काठमाडौंमै जन्मेकी अभिनेत्री प्रियंका कार्कीको मंगलबार ३१ औँ जन्मदिन परेको छ । 

उनको जन्मदिनमा उनका शुभचिन्तक र आफन्तहरुले समाजिक सञ्जाल र फोनबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । उनका प्रेमी आयुष्मानले बिहानै सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै प्रियंकालाई जन्मदिनको शुभकामना दिनुका साथै मीठो माया व्यक्त गरेका छन् । प्रियंकाका एकजना भाइ छन् प्रणित कार्की । उनी अध्ययनको सिलसिलामा अहिले अमेरिकामा छन् ।

प्रियंकाको ३१ औँ जन्मदिनलाई सिनेमा ‘शत्रु गते’को टिमले विशेष गरी मनाएको छ । मंगलबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै ‘शत्रु गत’को टिमले उनलाई सरप्राइज दिएको हो । 

करिअरको सुरुवात 

विसं २०६१ मा मिस टिनको उपाधि जितेपछि उनको अभिनयको ढोका खुलेको थियो । उनले यो प्रतियोगितामा मिस ट्यालेन्ट र मिस बिकिनीको अवार्ड पनि हात पारेकी थिइन् । मिस टिन भएपछि उनलाई विभिन्न विज्ञापन र टेलिभिजनका कार्यक्रम प्रस्तुत गर्ने अवसरहरु आउन थाले ।

केही समय उनले कान्तिपुर टेलिभिजनमा सेलुलोइड र ग्ल्याम फ्याक्टर नामका कार्यक्रम पनि प्रस्तुत गरिन् । प्रियंकाले कान्तिपुर टेलिभिजनकै घरबेटी बामार्फत अभिनयमा कदम राखेकी हुन् । यसमा उनले टिनाको भूमिका निर्वाह गरेकी थिइन् । हुन त प्रियंकाले ७ वर्षको उमेरमा सिनेमा ‘महादेवी’मा बाल कलाकारको रुपमा पनि काम गरेकी थिइन् । तर यसको चर्चा भने खासै भएन ।

सन् २००७ मा उनले फिल्म पढ्नका लागि भन्दै अमेरिकाको बाटो तय गरिन् । २०६७ सालमा अमेरिकाबाट ब्याचलर अफ फिल्म मेकिङ सकाएपछि उनले सिनेमामा कदम राखेकी हुन् । अभिनयका हिसाबले उनको पहिलो सिनेमा ‘मेरो बेस्ट फ्रेण्ड’ हो भने प्रदर्शनका हिसाबले सिनेमा ‘कलिउड’ उनको पहिलो सिनेमा हो ।

सिने करिअरको सुरुवातदेखि नै उनको कामबाट नेपाली सिनेमाका निर्माता निर्देशक प्रभावित भए । जसले गर्दा प्रियंकालाई अन्य सिनेमामा खेल्ने अवसर मिल्यो । त्यसपछि प्रियंका लगातार सिनेमाहरुमा व्यस्त भइन् । प्रियंकाको सिने करिअरमा पहिलो पटक करोड भन्दा माथिको कारोवार गर्ने सिनेमा ‘झोेले’ हो । यो सिनेमामा उनले अभिनेता दयाहाङ राईसँग पर्दा बाँडेकी छिन् ।

यसै सिनेमामा दया र प्रियंकाका केमेस्ट्री राम्रो भएपछि यो जोडी लगातार केही सिनेमामा दोहोरिन पुग्यो । एकताका यो जोडी एकअर्काको प्रेममा रहेको चर्चा पनि चलेको थियो । तर यो जोडीले आफूहरु अत्यन्तै मिल्ने साथी भएको स्पष्टिकरणसमेत दिनु परेको थियो । 

प्रियंकाले आफ्नो ५ वर्षे सिने करिअरमा नाई नभन्नु ल २ देखि ४, थ्रि लवर्स, सुन्तली, आवरण, वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २, फाटेको जुत्तालगायत दर्जनौँ सिनेमामा काम गरेकी छिन् । 

प्रेम जीवन

अमेरिकामा सिनेमा पढ्न गएका बेला रोचक मैनालीसँग प्रियंकाको विवाह  भयो । तर उनको यो सम्बन्ध लामो समय टिक्न सकेन ।  दिनमा २१ पटक फोन गरेर काममा बाधा पुर्याउने मान्छे भन्दा स्वतन्त्र भएर काम गर्न राम्रो भन्दै प्रियंकाले रोचकलाई डिभोर्स दिएको बताउँछिन् । 

रोचकसँग सम्बन्ध विच्छेद भएको केही वर्ष लगातार प्रियंकाले सिनेमा गरिन् । उनको कामप्रतिको लगावले नै उनलाई अहिले नम्बर वान नायिका बनाएको छ । प्रियंकाले २०१३ मा पति रोचक मैनालीलाई डिभोर्स दिएकी प्रियंकाको प्रेम जीवन यतिबेला चर्चामा छ । आफूभन्दा ७ वर्ष कान्छा अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेमले उनलाई गत वर्षदेखि चर्चामा ल्याएको छ । पछिल्लो समय यी दुई प्राय  एक साथ देखिन्छन् ।

वास्तविक जीवनमा मात्रै हैन टेलिभिजनका विज्ञापनदेखि सिनेमासम्म प्रियंकालाई आयुष्मानको साथ मिलेको छ । यतिमात्रै हैन पछिल्लो  समय विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रमहरुमा समेत प्रियंकाले आयुष्मानको साथ छुट्न दिएकी  छैनन् । यो जोडी अबको ४/५ वर्ष भित्रमा विवाह बन्धनमा बाँधिने छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया