MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

अझै रोकिएन सिरियामा ‘नरसंहार’

फागुन १५ – सिरियाको पूर्वी गुटा क्षेत्रमा मंगलबारदेखि दैनिक ५ घन्टा हवाई आक्रमण रोक्ने भनिए पनि त्यो लागू हुन सकेन । मंगलबार पहिलो दिन हवाई आक्रमण रोक्नका लागि निर्धारण गरिएको समयभित्र पनि विस्फोट तथा आक्रमण भइरहेको बीबीसीले जनाएको छ । 

अधिकारकर्मीले सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण नरोकेको आरोप लगाएका छन् । तर सरकारलाई सहयोग गरिरहेको रुसले भने विद्रोही समूहले आक्रमणलाई निरन्तरता दिएको आरोप लगाएको छ । निर्धारित समयभित्रपनि आक्रमण नरोकिएपछि राहत सामग्री हिंसा प्रभावित ठाउँमा पुर्‍याउन र कसैलाई पनि सुरक्षित ठाउँमा लैजान नसकिएको बीबीसीमा उल्लेख छ ।

विद्रोहीको कब्जामा रहेको सिरियाको राजधानी दमास्कस नजिकै रहेको गुटामा ८ दिनमा झण्डै डेढ सय बालबालिकासहित ५ सय भन्दा धेरैको ज्यान गएपछि त्यहाँ दैनिक ५ घन्टे युद्दविराम गरिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको थियो ।

४ लाख नागरिक फसेको अनुमान गरिएको गुटामा रुसी सेनाको सहयोगमा सिरियाली सरकारी फौजले निरन्तर आक्रमण गरिरहेको छ । 
राष्ट्रसंघ सुरक्षा परिषदले गएको शनिबार नै सिरियामा ३० दिनको लागि युद्दविराम गर्ने सम्झौता भएको थियो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया