MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​दोलखामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु

दोलखा, फागुन १६ – दोलखामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन हुने भएको छ ।

प्रारम्भीक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापनका लागि केही वनहरुलाई छनौट गरिसकेको छ भने अन्य वनहरु छनोट प्रक्रियामा छन् । जिल्ला वन अधिकृत गोविन्द दाहालले वनलाई हरियाली बनाउनका लागि जिल्लाव्यापी रुपमा वैज्ञानिक वन व्यवस्थापन अभियान सुरु गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

‘हाम्रा वनका अधिकांश रुखहरु अब काठकै रुपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणिय महत्व त झनै घट्दो छ’, दाहालले भन्नुभयो, ‘वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो वैज्ञानिक व्यवस्थापन गर्न लागिको हो ।’

जिल्लामा भीमेश्वर नगरपालिकास्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको अभियान सुरु गर्ने तयारी छ । खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार उक्त वनको १ सय ७८ हेक्टर क्षेत्रफल मध्ये १ सय ४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको हो । ३.५ हेक्टर क्षेत्रफलको एक क्लष्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना बनेको छ । कार्ययोजनामा वार्षीक १४ सयसम्म रुख काट्ने र उक्त स्थानमा सल्लाको नयाँ बिरुवा रोप्ने जनाइएको छ ।

संरक्षणमा मात्रै केन्द्रीत हुँदा पचासौँ वर्ष पुराना रुखहरु धोद्रा हुने, कुहिएर खेर जाने, नयाँ विरुवा उत्पादनमा बाधक हुने, अक्सिजन दिन नसक्ने, भूक्षय पनि रोक्न नसक्ने आदी कारण नयाँ व्यवस्थापनसहित उपयोगमा जोड दिनु परेको वन अधिकारीहरुको दाबी छ ।

वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाएर निर्यात प्रवद्र्धन गर्ने, मुलुकको ग्राहास्थ उत्पादनमा टेवा पु¥याउने, रोजगारीको अवसर सिर्जना गर्ने वन क्षेत्रमा कार्यरत अधिकारीहरुको भनाई छ ।

वैज्ञानिक वन व्यवस्थापनबारे अध्ययन–अवलोकन गरेका जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारी शिवाकोटीले रुखलाई उपयोग नगर्ने परम्परागत नीतिले वनबाट केही लाभ लिन नसकिने बताउनुभयो । ‘वनलाई अव सम्मृद्धिको आधारका रुपमा व्यवस्थापन र उपयोग गर्न जरुरी छ, उहाँले भन्नुभयो ।’
सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका सचिव ध्रुव आचार्यले वैज्ञानिक वन व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता भन्दै महासंघले सम्पूर्ण रुपले सहयोग गर्ने बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनमा ठूलो परिमाणमा काठ कटान र बिक्रिवितरण गर्नुपर्ने भएका कारण सुशासन र पारदर्शितामा भने गम्भीर हुनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन्  ।

पुराना रुखको व्यापक कटान हुने तर संरक्षणको अभावमा नयाँ विरुवा हुर्कन नसक्ने अवस्था आए वन मासिने उनीहरुको चिन्ता छ । 
नेपालको तराईका कपिलबस्तु, नवलपरासि, चितवन, रुपन्देही लगायतका धेरै वनहरुमा वैज्ञानिक वन व्यवस्थापन सुरु भैसकेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया