MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाको दाबी

फागुन १६ – उत्तर कोरियाले सिरियामा रसायनिक हतियार निर्यात गरेको अमेरिकाले दाबी गरेको छ ।

–गाैघाटमा भएकाे क्लाेरिन ग्यासकाे अाक्रमणका एक पीडित

पानी जहाजबाट उत्तर कोरियाले रसायनिक हतियार सिरियामा निर्यात गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सिरियाको दमासकसमा गएको आइतबार रसायनिक हतियार प्रयोग गरिएको भन्दै सिरियाको सरकारप्रति भैरहेको बिरोधमा उत्तर कोरियाले रसायनिक हतियार निर्यात गरेको खुलासा भएको सयुक्त राष्ट्रसंघको नयाँ रिपोर्टमा जनाइएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सिरिया सरकारले आफूले रसायनिक हतियार प्रयोग नगरेको भनेपछि रसायनिक हतियार प्रयोगको अनुसन्धान भैरेहको थियो । दमासकसको गौघाटमा भर्खरै क्लोरिन ग्यासको प्रयोग भएको पाइएपछि विभिन्न देशहरुले सिरिया सरकारको आलोचना गरेका थिए । कोरियाले उद्धार तथा राहत सामानसहित रसायनिक हतियारको निर्यात सिरियामा गरेको अमेरिकी अधिकारीले  दाबी गर्दै आएका छन् ।

अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाका मिसायल टेक्नीसीयन रसायनीक हतियार बनाउन सिरियामा रहेको रिपोर्टको अनुसन्धानमा सम्मिलित विज्ञ अधिकारी टोलीको एक प्रतिवेदनमा उल्लेख भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त रिपोर्टमा सिरिया र उत्तर कोरियाको द्विपक्षीय व्यापारले सिरियाले रसायनिक हतियार उत्पादन र प्रयोग गर्न सहयोग पुगेको र उक्त व्यापारले कोरियाको मिसायल कार्यक्रममा पनि ठूलो सहयोग गर्ने बताइएको छ ।

कोरियाले सिरियाका रसायनिक हतियार बनाउने सामाग्री निर्यात गरेर मिसायल कार्यक्रमका लागि पैसा जुटाएको अमेरिकी दाबी छ । रिपोर्टमा नाकाबन्दीमा रहेको उत्तर कोरियालाई सिरियासँगको व्यापारले मिसायलमा ठूलो सहयोग पुर्याउने खतरा देखाइएको छ । निर्यात गरिएका सामाग्रीहरु उत्तर कोरियाको मिसायल निर्माणमा प्रतिबन्ध लगाइएका वस्तु पनि भएको जनाइएको छ ।

सर्वसाधारणले पहुँच हुने गरी सार्वजनिक नगरिएको उक्त रिपोर्ट न्यूयोर्क टाइम्सले मात्रै हेरेको जनाइएको छ । उक्त रिपोर्टका बारेमा विज्ञ, सयुक्त राष्ट्रसंघको सुरक्षा परिपद् सदस्य तथा अन्य कसैले पनि केही नभनेको जनाइएको छ ।

उक्त रिपोर्ट कहाँ, कहिले र कसरी सार्वजनिक हुन्छ भन्ने कुनै खुलासा भएको छैन । न्यूयोर्क टाइम्सका रिपोर्टरले उक्त रिपोर्टका बारेमा जानकारी लिन खोेज्दा संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले रिपोर्ट कहिले सार्वजनिक हुन्छ भन्ने कुनै जानकारी नभएको बताएका छन् । उनले मंगलबार रिपोर्टरसँग रिपोर्टबारे केही नबोलेको तर नाकाबन्दीको पालना सबै राष्ट्रहरुले गर्नुपर्ने बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।

२ सय पेजको रिपोर्ट फरक फरक देशका ८ जना विज्ञको टोलीको लामो अनुसन्धानपछि बनाइएको बताइएको छ । उक्त विज्ञको टोलीले सिरिया र उत्तर कोरियाको प्रतिबन्ध गरिएका रसायनिक हतियार तथा मिसायलको बारेमा दुई देशबीचको सम्बन्धको अध्ययन गरिरहेको जनाएका छन् । केही महिना अगाडि उत्तर कोरियाका समुन्द्रमा पक्राउ परेका जहाजमा पनि त्यस्ता सामाग्री भएको आशंका गरिएको छ ।

सिरिया सरकारले भने उत्तर कोरियाबाट स्पोर्ट कोच र एथ्लेट बाहेक कोही पनि आफ्नो देशमा नभएको प्रतिक्रिया दिएको छ । सन् २०१३ मा सिरियाको गौघाटमा भएको सरिन ग्यास आक्रमणका सयौं नागरिकाको ज्यान गुएपछि सिरियाले रसायनिक हतियार प्रयोगको प्रतिबन्धमा हस्ताक्षर गरेको थियो । त्यसपछि सिरियाले उक्त सहमति तोडेर रसायनिक हतियार प्रयोग गर्दै आएको आरोप लाग्ने गरेको छ । पछिल्ला आक्रमणमा सिरियाले उक्त नियमको उल्लङ्घन गरेको अन्य राष्ट्रहरुले आरोप लगाएका छन् ।

सिरिया सरकारले नागरिकलाई रसायनिक हतियार प्रयोग गरेको छ वा छैन भन्ने अनुसन्धानहरु भैरहेको थियाे । सिरिया र उत्तर कोरियाको दशकौ देखिको सैन्य सम्बन्ध रहेकाले पनि हतियारकाे व्यापारमा दुर्इ देशबीच सम्बद्दध भएकाे बताइएको छ । झण्डै आधा दशकदेखि युद्ध चलिरहेको सिरियामा अहिलेसम्म साढे ४ लाखभन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन् । भर्खरै दमास्कस नजिकैको पूर्वी गुटा शहरमा विद्रोही र सरकारी पक्षबीच भएको भिडन्तमा ५ सयभन्दा धेरैले ज्यान गुमाइसका छन तर युद्ध रोकिएको छैन् ।

ज्यान गुमाउनेमा धेरै बालबालिका पनि छन् । गएको हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले ५० भन्दा बढी देशहरुमा सामान निर्यात गरिरहेको भन्दै नयाँ प्रतिबन्ध लगाउने बताएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया