MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

होलीको अवसरमा टेलिकमको छुटैछुट

काठमाडौं, फागुन १६ – होलीको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट दिने भएको छ । 
 
टेलिकमले  बिहीबारदेखि चैत १ गतेसम्म टेलिफोन शुल्क तथा इन्टरनेट शुल्कमा छुट दिने भएको हो । जिएसएम प्रिपेड प्रयोगकर्ताले ३५ रुपैयाँमा ३ दिनसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड फोन गर्न सक्ने टेलिकमले जनाएको छ ।
 
यस्तैे ५० रुपैयाँमा २४ घन्टासम्म अनलिमिटेड इन्टरनेट डाटा र राति १० बजेदेखि बिहान ६ बजेसम्म २५ रुपैयाँमा १ जिबी डाटा पाइने टेलिकमले जनाएको छ । यस्तै २५ रुपैयाँमा १ घन्टासम्म फोन, एसएमएस र डाटा चलाउन सकिनेछ । यसको लागि जीएसएम मोबाइलबाट स्टार १४१५ ह्यास डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।
 
 

 

 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया