MENU

मनोरञ्जन

ujyaalo forign call inside

​रामजी खाँडको ‘आधी जोवन मायालाई’

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, फागुन १६–

आँखैमा लाउने कालो गाजल निधारैमा टिका
तिमी छैनौँ जिन्दगी नै लाग्छ फिकाफिका
मन परेको मान्छेको नाम दीलमै लेखिन्छ
झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ
हल्काहल्का लाएको दामी देखिन्छ....

साँझ ५ बजेतिर मञ्चमा उक्लिए, चर्चित लोकदोहोरी गायक रामजी खाँड । लगत्तै आफ्नो  चर्चित गीत सुनाए, ‘अमिलो रसैले.......’, ‘छलछल पानी छल्कियो.....’, ‘फूल फुलेर पहेँलै भयो, आधी जोवन हाँसखेलमै गयो, आधी जोवन मायालाई भयो....’ लगायतका जनजिब्रोमा झुण्डिन सफल गीत गाएका थिए । गाउँदै नाच्दै गरेका गायक खाँडलाई सँगै गाएर, नाचेर साथ दिएका थिए, दर्शकहरुले ।

 

सर्ट पाइन्टमा ठाँटिएर आएका गायक खाँडको प्रस्तुतिलाई धेरै दर्शकले रुचाएका थिए । सुन्दरबजारमा सञ्चालित आठौँ सुन्दरबजार महोत्सवको चौथो दिन बुधबार आफ्नो सांगीतिक प्रस्तुति दिन गायक खाँड सुन्दरबजार आएका हुन् । 

यसैगरी, चर्चित लोक दोहोरी गायिका देवी घर्तीले ‘मेरो झल्को आएमा.............,’ ‘उही खोलीमा पानी, उही खोलामा माछा...’ लगायतका थुप्रै चर्चित लोक भाका सुनाउनुभयो । 

लोक दोहोरी गायिका तथा मोडल सिर्जु अधिकारी ‘ओके छ त .....’, ‘फच्चीफुच्ची ....,.’ ‘फकाउँदा नमाने कान्छालाई मोहनी लगाउँला.....,’ ‘छेकेन जामाले एकोहोरो नहेर कान्छाले मार्छिन् आमाले....’ बोलको गीत पनि सुनाईन् । उनको गीतमा दर्शकले नाचेर साथ दिएका थिए । 

उद्योग, व्यापार, पर्यटन कृषिको प्रवद्र्धन, स्थानीय कला, सीप र सँस्कृतिको संरक्षण  भन्ने मूल नाराका साथ गएको आईतबारबाट सुरु भएको आठौँ महोत्सवमा बिहीबार चर्चित लोक दोहोरी गायिका बिमा कुमारी दुरा, लोक दोहोरी गायक राजु गुरुङ, प्रकाश दूतराज, हाँस्य कलाकार युवराज भण्डारी, राजेन्द्र नेपाली लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।   

   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया