MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

नर्वेको विकास मन्त्री नेपाल आउँदै

दोलखा, फागुन १७ – नर्वेका विकास मन्त्री निकोलाई अस्ट्रुप  दोलखा आउनुहुने भएको छ ।
 
नेपालको विकास निर्माणको अवस्था र भूकम्पपछिको पुनःनिर्माणबारे बुझ्न र नर्वेजियन सरकारको सहयोग बनेको विद्यालय हस्तान्तरण गर्न उहाँ आउदो फागुन २२ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ । 
 
विकास मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि विकासमन्त्री अस्ट्रुप दोलखाको विगु गाउँपालिका आउने कार्यक्रम तय भएको हो । दुई महिनाअघि मात्रै विकास मन्त्रीमा निर्वाचित मन्त्री अस्टु«पको पहिलो सरकारी तहको अन्तर्राष्ट्रिय भ्रमणको रोजाइमा नेपाल परेको छ । 
 
फागुन २३ गते दिउँसो उहाँ दोलखाको विगु गाउँपालिका चिलंखा पुग्नुहुनेछ । विगुको चिलंखास्थित लोटिङ पुगेर उहाँले नर्वेजियन दूतावासको सहयोगमा निर्मित देवीटार आधारभूत विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।
 
नेपालस्थित नर्वेजियन दूतावसका वरिष्ठ सल्लाहकार कमला विष्टका अनुसार उहाँले विगु र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरूसँग संघीयता र विकासको स्वरुपबारेमा छलफल पनि गर्नुहुनेछ । 
 
नर्वेेजियन दूतावासको आर्थिक सहयोगमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघले विगु र कालिञ्चोक गाउँपालिकाका भूकम्पबाट क्षतिग्रस्त २३ वटा विद्यालयको पुनःनिर्माण गरिरहेको छ । विद्यालय पुनःनिर्माणमा करिब रु ३० करोड खर्च हुने अनुमान छ । 
–रासस
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया