MENU

साहित्य/ कला

ujyaalo forign call inside

होली मनाउन गाउँ फर्के उदितनारायण झा

सप्तरी, फागुन १७ – झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुग्नुुभएको छ । 

गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित आफ्नो घरमा बुधबार आउनुभएको स्थानीयबासी आकाशराज भण्डारीले जानकारी दिनुभयो । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आए पनि उहाँका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका थिए । 

स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताउनुभयो । साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि यहीँ आफ्नो जन्मथलो भारदहमै मनाउने बताउनुभएको छ । 

गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्नुभएको थियो । सो क्रममा पूजा गर्न मन्दिर पुग्दा उहाँलाई हेर्न स्थानीयबासीको भीड लागेको थियो । मन्दिर परिसरमा पालैपालो उहाँसँग सेल्फी लिनेहरुको पनि अत्यधिक भीड लागेको थियो । 

गायक झा आएको थाहा पाउनेबित्तिकै उहाँसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयबासी भण्डारीले बताउनुभयो । बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उहाँको सम्बन्ध बिग्रेको थियो ।

उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ । 

–रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया