MENU

अर्थ

ujyaalo forign call inside

चीनमा नेपाली मुडाको निर्यात बढ्यो

रसुवा, फागुन १८ – चीनमा नेपाली बाँसको मुडाको निर्यात बढ्दै गएको छ । चीनियाँहरुले चाडपर्वको अवसरमा मुडा उपहार दिने भएकाले माग बढेको व्यवसायीहरुको तर्क छ । 

२०७१ सालदेखि यही पुस मसान्तसम्ममा रसुवागढी नाका हुँदै ३ करोड ४३ लाख भन्दा बढी मूल्य बराबरको बाँसको मुडा चीनमा निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट साढे दुई वर्षमा ६४ हजार ५ सय ५८ वटा बाँसको मुडा निर्यात भएको प्लान्ट क्वारेन्टाइन अधिकृत रामनारायण यादवले जानकारी दिनुभयो । 

आर्थिक वर्ष ०७२/०७३ मा २१ हजार ४ सय ४८ वटा मुडा निर्यातबाट १ करोड २० लाख १० हजार ८ सय, ०७३/०७४ मा ३० हजार ५ सय ७० वटा मुडा निर्यातबाट एक करोड ९२ लाख ५८ हजार र चालु आर्थिक वर्षको ६ महिनामा १२ हजार ४ सय ८० वटा मुडाबाट ३१ लाख २० हजार आम्दानी भएको छ । 

नेपालमा उत्पादन भएको मुडा चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्रीमा लैजाने गरिएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताउनुभयो । सुनसरीको झुम्का कारागार, केन्द्रीय कारागार काठमाण्डौं र धादिङ कारगारबाट उत्पादन भएको मुडा लैजाने गरिएको छ । ‘अन्य कारागारबाट पनि मुडा संकलन हुने गरेको छ, व्यापारी मुकुन्द पौडेलले भन्नुभयो, तर यी तीन जिल्लाबाट बढी संकलन हुन्छ ।’ 

नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखी झ्याललगायतका वन्यजन्तु सामग्री निर्यात हुँदै आएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया