MENU

बातावरण-कृषि

ujyaalo forign call inside

सुर्खेतमा दुर्लभ वन्यजन्तु सालक भेटियो

सुर्खेत, फागुन १८ – सुर्खेतमा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ । जिल्ला वन कार्यालय सुर्खेतले विरेन्द्रनगर नगरपालिका – १६, डाँडा गाउँमा  ४० इन्च लम्बाई र २० इन्च गोलाई भएको झन्डै १० किलोको सालक फेला परेको जानकारी दिएको छ । 

जिल्ला वन कार्यालयले बिहीबार साँझ उद्धार गरेर कार्यालयमा राखेको  छ । सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी भएको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिनुभयो ।

भेटिएकै ठाउँमा छोड्दा संरक्षण नहुँने खतरा भएकाले राष्ट्रिय निकुञ्जमा छोड्न लागिएको उहाँले बताउनुभयो । सुर्खेतमा ८ महिना अघि पनि एउटा सालक भेटिएको थियो । 

 

 

 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया