MENU

अर्थ

ujyaalo forign call inside

आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न ट्यांकरमा ताल्चा लगाउने

काठमाडाैं, फागुन १७ - नेपाल आयल निगमले पेट्रोलियम ढुवानीमा हुने चुहावट रोक्न ट्यांकरमा नयाँ ताल्चा लगाउने भएको छ । 

ढुवानीको क्रममा ट्यांकरबाट हुने चोरी रोक्न ‘सेक्युरिटी लकिङ सिस्टम’ कार्यान्वयन गर्ने तयारी गरेको निगमले ताल्चा लगाउने प्रक्रिया अगाडि बढाएको हो । अबको १५ दिनभित्र ट्याङरमा ताल्चा लगाउन सुरु गर्ने निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा सिलगुडीबाट झापा हुँदै आउने ट्याङकरमा ताला लगाइनेछ ।

त्यसपछि पोखरा र विराटनगरबाट आउने ट्याङकरमा ताला लगाउने निगमले जनाएको छ । निमगले इन्डियन आयल कर्पोरेसनसँग छलफल गरेर अत्याधुनिक ताल्चा लगाउने निर्णय गरेको हो । ‘सेक्युरिटी लकिङ सिस्टम बारेमा अध्ययन गर्न निगमले गठन गरेको कार्यदलको सुझाव अनुसार यो तयारी गरेको निगमले जनाएको छ ।

आईओसीबाट झण्डै साढे १५ सय ट्यांकरले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएका छन् । ताल्चा लगाउन थालेपछि पेट्रोलियमको चोरी रोकिनुका साथै मिसावट हुन नपाउने निगमको दावी छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया