MENU

मनोरञ्जन

ujyaalo forign call inside

​३५ लागेका‘हैट’को सफल हुने मन्त्र

काठमाडौं, फागुन १८ – कलाकार बुद्धि तामाङ उर्फ हैटकाे आज ३५औँ जन्मदिन परेको छ । उनको जन्मदिनमा उनलाई उनका आफन्त र शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक र फोनमार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

 

विक्रम सम्वत २०४० साल फागुन १९ गते सिन्धुपाल्चोकमा परिवारको साईँलो सन्तानको रुपमा उनको जन्म भएको हो । दुई दिदीबहिनीपछि छोराको रुपमा जन्मेका कारण उनी आमाबाबाको प्रिय सन्तान बने । उनका दुईजना बहिनीहरु पनि छन् । बाल्यकालदेखि नै गाउँघरमा नाटक खेल्दै हिड्ने उनी आफू बाल्यकालदेखि नै सेलिब्रेटी भएको बताउँछन् । उनलार्इ बाल्यकालमा धेरैले मायाले च्यान्टे भनेर बोलाउँथे ।

पछि उनले कलाकारिताको सुरुवातमा केही समय नाटक सिके । नाटकपछि उनको करिअर सिनेमातिर मोडियो । करिअरको सुरुवातमा दुईवटा सिनेमाको असफलता बेहोरेका उनलाई तेस्रो सिनेमामा निर्देशक रामबाबु गुरुङसँग काम गर्ने मौका मिल्यो । रामबाबुसँगको साथ उनलाई फलिफाप भयो । ‘कबड्डी’ले उनलाई‘हैट’नामदियो  । 

‘कबड्डी’ पछि उनका व्यस्तताका दिनहरु सुरु भए जुन अहिलेसम्म निरन्तर अघि बढेका छन् । नाटकबाट सिनेमामा फड्को मार्न रामबाबु गुरुङको ठूलो भूमिका रहेको बुद्धि बताउँछन् । यसका अलावा आफ्नो करिअरमा अनुप बराल र पुष्कर गुरुङको पनि ठूलो भूमिका रहेको उनी बताउँछन् । उनले अनुपसँग नाटक सिक्ने मौका पाए भने  पुष्करले उनलाई नाटकमा स्थान दिए । 

थिएटरबाट सिनेमामा प्रवेश गरेकाउनले त्यसपछि टेलिसिरियल ‘मेरी बास्सै’मा काम गर्ने मौका पाए जसले उनको करिअरलाई थप मलजल गर्यो । ‘मेरी बास्सै’मा उनी हनुमानको भूमिकामा थिए । 

यसअघि संघर्षका दिनमा भने बुद्धिले बदाम,मकै र पत्रपत्रिका बेच्नेदेखि होटेलमा भाँडा माझ्ने कामसम्म गर्न भ्याएका छन् । अहिलेको करिअर र पहिलेका दिनहरुलाई सम्झँदै उनले जीवनमा गर्न चोहपछि जे पनि सम्भव हुने बताउँछन् । लगातार एउटै काममा ज्यान र ध्यान दिएर काम गरेको खण्डमा सफल भइने उनको अनुभव छ । 

गएको वर्ष रेडियो अडियोसँगै जन्मदिनको केक काटेका बुद्धिको यो जन्मदिन भने ‘जय भोले’को टिमसँग हुनेछ । यतिबेला उनीअशोक शर्माको  निर्देशन रहेको सिनेमा‘जय भोले’को छांयाकंनमा छन् ।  

बुद्धिले कबड्डी सिरिज, छक्का पञ्जासिरिज, दुई रुपैयाँलगायत दुई दर्जन भन्दा धेरै सिनेमामा काम गरिसकेका छन् । आफ्नो सफल करिअर देखेर उनी आफू अहिले सोच्दै नसोचेको ठाउँमा भएको बताउँछन्  ।

सिनेमामा सफलभएका बुद्धिको वैवाहिक जीवनको कुरा पनि बेलाबखतमा चलिरहन्छ । जीवनमा ३४ वसन्त पार गरिसक्दा पनि उनले विवाह गरेका छैनन् । जीवनमा समय नमिलेर अहिलेसम्म विवाह हुन नसकेको उनी बताउँछन् ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया