MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावक जेलमा

फागुन १९ – १३ देखि १९ वर्ष र त्यो भन्दा कम उमेरका छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावक जेल चलान भएका छन् ।

भारतको हैदरावाद शहरमा कम उमेर भएका छोराछोरीलाई ड्राइभिङ गर्न दिने अभिभावकहरुलाई प्रहरीले शुक्रबार जेल चलान गरेको बीबीसीले जनाएको छ । उनीहरुलाई एक दिनको जेल चलान गरिएको बीबीसीले जनाएको छ ।

गएको १ महिना अघि पनि हैजरावादमा ३५ जना अभिभावकलाई कम उमेरका छोराछोरीलाई ड्राइभिङ गर्न दिएको भन्दै प्रहरीले जेल चलान गरेको थियो । अभिभावकहरुले नियमबारे जानकार नहुँदा आफूहरु जेल बस्नुपरेको बताएका छन् । प्रहरीका अनुसार दुर्घटना रोक्न कम उमेरमा ड्राइभिङमा प्रतिबन्ध गरिएको छ ।

प्रहरीले अभिभावकहरु १–२ दिन जेलमा बसेपछि आफ्ना कम उमेरमा बच्चाहरुलाई ड्राइभिङ दिनुभन्दा पहिला तीन–चार पटक सोच्न बाध्य हुने बताएका छन् । भारतकै बैङ्लोरमा पनि ड्राइभिङमा सुरक्षा दिन यस्तै प्रयोग गरेको थियो ।

भारतमा सडक दुर्घटना सामान्यजस्तै हुने गरेको छ । विज्ञहरुले भारतमा कमसल प्रकारको सडक बनाएका कारण दुर्घटना बढेको बताउने गरेका छन् । सन् २०१६ मा भारतमा १ लाख ५० हजार मानिसले ज्यान गुमाएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया