MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​हराउँदैछन् कम्युनिष्ट भारतमा !

फागुन १९ – भारतका त्रिपुरा, मेघालय र नागाल्याण्डमा भएको विधानसभा चुनावको मतगणना भैरहेको छ । 

त्रिपुरामा भारतीय जनता पार्टी(बीजेपी) एक्लैले दुई तिहाई बहुमत पुर्‍याउने सम्भावना देखिएको छ । त्यस्तै नागाल्याण्डमा पनि बीजेपी गठबन्धनले सरकार बनाउने पक्का भएको छ भने मेघालयमा भारतीय कांग्रेस सरकार बनाउने बाटोमा छ ।

 

६० सिट रहेको त्रिपुरा विधानसभामा बीजेपी गठबन्धन ४० सिटमा अग्रस्थानमा छ । त्रिपुरामा सरकार बनाउन केबल ३१ सिट चाहिन्छ ।  त्यस्तै मार्क्सवादी कम्युनिष्ट पार्टी १८ स्थानमा अगाडि देखिएको छ । ६० सदस्यीय विधानसभाको लागि २ सय ९२ उम्मेदवार चुनावी मैदानमा थिए । त्रिपुरामा १९९३देखि वामपन्थीको सरकार रहेको छ । त्यस्तै २० वर्षदेखि त्रिपुराको मुख्यमन्त्रीको रुपमा माणिक सरकार छन् ।

  

बीजेपीले क्षेत्रीय दल आईपीएफटीसँग गठबन्धन बनाएको छ । अहिलेसम्मको नतिजालाई हेर्दा बीजेपीले ३२ र आईपीएफटीले ८ सिटमा अग्रता कायम गरिरहेका छन् । यसअघि भएको २०१३ को निर्वाचनमा बीजेपीले एउटा सिट पनि जितेको थिएन ।

सन् २०१३ मा ५० उम्मेदवार उठाएको बीजेपीका ४९ जना उम्मेदवारको त जमानत नै जफत भएको थियो । माक्र्सवादी कम्युनिष्ट पार्टी ४९ सिटमा विजयी भएको थियो ।  कांग्रेसले १० सिटमा बिजयी भएका थिए । अघिल्लो चुनावमा एक सिट पनि नजितेको बीजेपीको यो नतिजालाई धेरै अप्रत्याशित रुपमा लिएका छन् । कतिपयले यसलाई मोदी फ्याक्टरका रुपमा हेरेका छन् । 

त्यस्तै नागाल्याण्ड विधानसभाको ५९ सिटका लागि भएको निर्वाचनमा नवगठित नेसनलिस्ट डेमोक्रेटिक पार्टी (एनडीपीपी)सँग बीजेपीले गठबन्धन गरी चुनावमा गएको थियो । गठवन्धनमा २० जना बीजेपीका उम्मेदवार  थिए भने ४० सिटमा एनडीपीपीको उम्मेदवार थिए । मतपरिणामको अहिलेसम्मको अवस्थामा बीजेपी गठबन्धनले ३४ सिटमा अग्रता कायम गरेको छ । एनपीएफ भने २४ सिटमा अग्रस्थानमा रहेको छ । नागाल्याण्डको विधानसभाको लागि ५९ सिटमा १९३ उम्मेदवार चुनावी मैदानमा थिए । 

मेघालय विधानसभामा आईएनसी पार्टीले २२ स्थानमा अग्रता कायम राख्दै सरकार गठनको बाटोमा उभिएको छ । मेघालय विधानसभाको पछिल्लो मतपरिणाम अनुसार एनपीपी १६ मा र बीजेपी ५ स्थानमा अगाडि छन् । २०१३ को निर्वाचनमा बीजेपीले १३ उम्मेदवार उतारे पनि जित भने हासिल गर्न सकेको थिएन । एनपीपीले ३२ स्थानमा उम्मेदवार दिए पनि २ सिटमा मात्र जितेकोे थियो । ५९ सिटको लागि ३ सय ७२ उम्मेदवार चुनावी मैदानमा देखिएका थिए । 

त्रिपुरामा १८ फ्रेब्रुअरीमा चुनाव भएको थियो भने मेघालय र नागाल्याण्डमा २७ फ्रेब्रुअरीमा चुनाव भएको थियो । 

तीनै राज्यमध्ये सबैभन्दा बढी ध्यान त्रिपुराको नतिजाले तानेको छ । जहाँ गएको २५ वर्षदेखि वामपन्थी दलको सरकार रहेको छ । केरलको अलावा भारतमा वामपन्थीको सरकार त्रिपुरामा मात्रै छ । त्रिपुरामा वामपन्थीको हारसँग भारतीय राजनीतिमा एउटा युगको अन्त्य भएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । अब वामपन्थीको सरकार केवल केरलमा मात्रै खुम्चिने भएको छ । 

सन् १९७७ देखि २०११ सम्म भारतको पश्चिम बंगालमा ३४ वर्ष लामो कम्युनिष्ट सरकार थियो । सन् २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ज्योति बसु रहेका थिए भने सन् २००० मा उनले स्वास्थ्य स्थितिका कारण राजीनामा दिएपछि बुद्धदेव भट्टाचार्य यो राज्यका मुख्यमन्त्री भएका थिए । 

सन् २०११ मा भएको पश्चिम बंगालको विधानसभाको चुनावमा कम्युनिष्ट पार्टीले नराम्रो हार बेहोरेको थियो । ममता बनर्जीको त्रिणमुल कंग्रेसले भारी जित निकाल्दै ३४ वर्ष लामो कम्युनिष्ट शासन अन्त्य गरेको थियो । 

कुनै समय लोकप्रिय रहेका वामपन्थी दल पछिल्लो समय भारतमा कार्यकर्ताको पक्षपोषणमा मात्रै लाग्दै आएको र आमसर्वसाधारणको हकहितमा काम गर्न छाडेको आरोप लाग्दै आएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया