MENU

मनोरञ्जन

ujyaalo forign call inside

अनिश भण्डारी र सुगम पोखरेलको ताली ठोकौंला

काठमाडौं, फागुन २० – झण्डै १४ वर्षको अन्तरालपछि गायक अनिश भण्डारी आफ्नो गायन यात्रामा फर्किएका छन् । गायक सुगम पोखरेलसँगको सहकार्यमा ‘ताली ठोकौंला’  बोलको गीतमार्फत  उनी सांगीतिक यात्रामा फर्किएका हुन् । 

भण्डारीले यसअघि सुगमसँगै मिलेर ‘रंगीन यो साँझ’ तथा सुदिन पोखरेलसँगको सहकार्यमा ‘एउटा सपना’ बोलका गीत ल्याएका थिए । गीतको शब्द तथा संगीत  सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् ।

‘ताली ठोकौंला’ मा अनिश र सुगमसँगै अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ । गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया